इटहरीः नेकपा माओबादी केन्द्रले सुनसरीको भोक्राहा नरसिंहमा अखिल नेपाल महिला संघ क्रान्तिकारीको गाउँपालिका गठन गरेको छ ।
पार्टीको भोक्राहा नरसिंह कमाण्डको आयोजनामा भएको कार्यक्रममा बसिरा खातुनको अध्यक्षतामा ४६ सदस्यीय अनेमसंघ क्रान्तिकारी गाउँकमिटिको गठन गरीएकोे भोक्राहा नरसिंह निर्वाचन परिचालन कमाण्ड प्रमुख अनिता परियारले बताएकी छन् ।
आइतबारै बसेको उक्त भेलाले ८१ सदस्यीय निर्वाचन परिचालन समिति समेतको गठन गरेको छ । अनेमसंघ क्रान्तिकारीको जिम्मेवारी पाउनेहरुमा उपाध्यक्षमा ललिता देवी मण्डल, शान्तिदेवी शर्मा र फुलकुमारी मण्डल छन् ।
सचिवमा सुनिता कुमारी मण्डल र कोषाध्यक्षमा पानो देवी ऋषिदेव चयन भएका छन् । उता सदस्यहरुमा पार्वती देवी साह, गुड्डीदेवी मण्डल, जैनव खातुन रेखादेवी मण्डल, शुक्रिदेवी उराव, पार्वती उराउ, आशा कुमारी उराव, मन्जु उराउ, मिन्सो उराउ, प्रमिला मण्डल, प्रविना खातुन, दुलारी मण्डल, लक्ष्मीदेवी सदा, भुटन खच्दे, गिदा देवी शर्मा लगायत चयन भएको नेकपा माओवादि केन्द्र भोक्राहा नरसिंहले जनाएको छ ।
सुनिता कुमारी मण्डलले सञ्चालन गरेको कार्यक्रमको प्रमुख आतिथ्य भोक्राहा नरसिंह निर्वाचन परिचालन कमाण्ड प्रमुख अनिता परियारले गरेकि थिइन भने कार्यक्रम नवनिर्वाचित अनेम संघ क्रान्तिकारीकी अध्यक्ष बसिरा खातुनको सभापतित्वमा सम्पन्न भएको थियो । सोहि भेलाले ८१ सदस्यीय निर्वाचन परिचालन समितिको समेत टुगो लगाएको निर्वाचन परिचालन कमाण्ड प्रमुख परियारले जानकारी दिइन् ।