इनरुवाः इनरुवा नगरपालिकामा मेयर पदको उम्मेदवारको चर्चामा नेकपा एमालेका युवा नेता सरोज पोखरेल अग्रस्थानमा देखिएका छन ।
आउदो वैशाख ३० गते हुने स्थानिय तहको चुनावका लागि उम्मेदवार बन्ने आकाक्षीहरू बिच तिब्र प्रतिष्पर्धा भई रहदा इनरूवामा समाजिक सञ्जाल र सर्वे विधीबाट गरिएको भोट पोलमा नेकपा एमालेका सरोज पोखरेल लोकप्रिय देखिएका हुन ।
सर्वेक्षण र भोटपोलमा नेपाली काग्रेसका तर्फबाट समावेश गरिएका नाममध्ये हालका मेयर राजन मेहता भन्दा सुनसरी काग्रेसका सभापति केदार भण्डारी मेयर पदको उम्मेदवार बन्नुपर्छ भन्ने जनमतमा दुई गुना बढी मतले अगाडि देखिएका छन ।
नेकपा एमालेबाट इनरुवाको मेयरका लागि उम्मेदवारका आकाक्षीहरुको आधा दर्जन सुचीमध्ये युवा नेता पोखरेल एमालेका नेता कार्यकर्ता, समर्थक, शुभचिन्तक र इनरुवावासी माझमा लोकप्रिय उम्मेदवारका रुपमा अगाडी देखिएका हुन ।
स्थानिय निर्वाचन केन्द्रित रहेर गरिएको जनमत सर्वेक्षणमा एमालेका आधा दर्जन नेताहरुको भिडमा सरोज पोखरेलप्रति आउने निर्वाचनमा विपक्षी दलका उम्मेदवारसँग प्रतिष्पर्धामा उत्रिन सक्ने व्यत्तीत्वका रुपमा उनलाई लिएको पाइएको छ ।
इनरुवा १० वटा वडाहरुमा जनमत नमुना सर्वेमा समावेश गरिएका एमालेका तर्फबाट उम्मेदवारका दावेदार रहेका पुर्वमेयर खेमराज पोखरेल, अधिल्लो निर्वाचनका उम्मेदवार पोष्टकुमार नेपाल, इनरुवा नगर अध्यक्ष प्रेम पौडेल, एमाले नेता इन्द्र पोखरेल, कालुराम गुरुङ र भर्खर एमाले प्रवेश गरेका मनोज मेहतामध्ये चुनावी मैदानमा विपक्षीसँग प्रतिष्पर्धा गर्न योग्य र लोकप्रिय उम्मेदवार सरोज पोखरेल हुने इनरुवावासीले अभिमत जनाएका थिए ।
इनरुवावासी र एमालेका नेता कार्यकर्ताहरुको जनमतको आधारमा समर्थन पाएका सरोज पोखरेलले भने आफुलाई पार्टीले संसदिय फाँटमा जिम्मेवारी दिए चुनावी मोर्चामा नेतृत्व गर्न तयार भएको तर अस्वस्थ्य प्रतिष्पर्धाबाट भने उम्मेदवार नबन्ने प्रतिक्रिया दिए ।
इनरुवाका युवाहरु एडमिन रहेको इनरुवा अपडेडस् र हाम्रो इनरुवा प्यारो इनरुवा नाम गरेको फेसवुकको पब्लीक गुप्रमा समेत एमालेका अन्य दावेदार मध्ये युवा नेता सरोज पोखरेलका पक्षमा भोटपोल जनमतको बहुसख्यकले मतदान गरेर उनलाई आगामी चुनावका लागि मेयर पदको उम्मेदवारका रुपमा समर्थन गरेको पाइएको छ।
इनरुवा नगरपालिका १ नम्बर वडाको पुर्व टोल घर भएका युवा नेता पोखरेल नेकपा एमाले इनरुवा भित्र रहेका नेताहरु मध्ये विकासका योजनामा भिजन भएका व्यत्तीका रुपमा परिचित छन ।
सुनसरीको साविकको सत्तेरझोरा गाविसको हात्तिमुढामा बाल्यकाल बिताउनुका साथै त्यहीको जनता माध्यामिक विद्यालयबाट मावि तहको शिक्षा हासिल गरेका सरोज पोखरेलले सुनसरी बहुमुखी क्याम्पसबाट उच्चा शिक्षा पुरा गरेका थिए ।
स्कुल जिवनबाटै अनेरास्ववियुको राजनितीमा लागेका पोखरेल सुनसरीको जिल्ला अध्यक्ष, नेकपा एमालेको इनरुवा नगर कमिटीका लामो समय जिम्मेवारी सम्हाल्दै, जिल्ला कमिटीहुदै केन्द्रिय विभाग, प्रदेश कमिटी र केन्द्रीय सदस्यसमेत भएका थिए ।