बिर्तामोडः प्रतिगमन विरुद्ध संघर्षरत पाँचदलीय गठबन्धनले झापामा गठबन्धनलाइ परिणाममुखी बनाउन प्रतिगामी बाहेकका दलहरु थप गर्ने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस झापाका सभापति एवं गठबन्धन दलका झापा सयोजक देउकुमार थेबेको अध्यक्षतामा बसेको सयुक्त बैठकले प्रतिगामी बाहेकका दल थप गर्ने निर्णय गरेको हो ।

बैठकले १५ वटै पालिकामा दलका पालिका प्रमुख र थप एकजना तथा क्षेत्रीय समितिले तोकेका एक-एकजना प्रतिनिधिसहित प्रतिदल तीनजनाका दरले बैठक बसी चैत २१ गतेभित्र जिल्लामा प्रतिबेदन पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली काङ्ग्रेस झापाका सचिब कृष्ण हुमागाइले जानकारी दिए  ।

पालिकाहरुको गठबन्धन दलको बैठकले बिगत निर्वाचनमा दलहरूले प्राप्त गरेको मत विवरण र बर्तमानको अवस्था समेतलाइ उल्लेख गरि यथाशीघ्र जिल्लामा प्रतिबेदन बुझाउन पनि निर्देशन गरेको छ ।

सयोजक थेबेको सभापतित्वमा सप्पन्न बैठकमा नेपाली काङ्ग्रेसका सुधीरकुमार शिवाकोटी, कृष्ण हुमागाइ, नेकपा माओबादीका झलकसिङ दर्लामी सन्देस, राजु आचार्य अग्नि, सि पि कडरिया, नेकपा समाजबादीका बेदराज रेग्मी, मणि भण्डारी र निलमणी बराल, इन्द्र बुढाथोकी, जनता समाजबादी पार्टीका दिपेनबाला राई र धिरेन सम्बाहाम्फे लगायतको सहभागिता थियो ।