इटहरीः इटहरी उप–महानगरपालिका १३ नम्बर वडामा नेकपा एकिकृत समाजवादीको वडा कमिटीमा कमरेड जतरु चौधरी चयन हुनु भएको छ । चौधरीको नेतृत्वमा १ सय १ सदस्य रहेको वडा कमिटी गठन भएको हो ।
यसैगरि १३ नम्बर वडामा विक्रम चौधरी युवासंघ नेपालको अध्यक्ष चयन हुनु भएको छ । विक्रमको नेतृत्वमा ५५ जनाको युवासंघको वडा कमिटी गठन भएको हो । यससगै अनेमसंघ समाजवादीको १३ नम्बर वडा कमिटीको अध्यक्षमा कमरेड धनकुमारी चौधरी चयन हुनु भएको छ ।
वडाभेला तथा कमिटी गठन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष कमरेड केशव विष्ट, नेकपा एसका इटहरी इन्चार्ज कमरेड केवल फुयाल, इटहरी अध्यक्ष गणेश बुढाथोकीलगायतका अगुवा नेताहरुको सहभागीता रहेको थियो ।