इनरुवाः आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणामलाई गठबन्धनको पक्षमा बनाउन सुनसरीका चार दलहरुले संयुक्त बैठक गरेका छन् । सत्ता साझेदार दलहरुको दलीय गठबन्धनको सुनसरी जिल्ला स्तरीय बैठक शुक्रबार बसेको हो ।

बैठक स्थानीय तह निर्वाचन केन्द्रित भएको बताइएको छ । बैठकले गठबन्धनका लागि प्रत्येक दलले जिल्ला स्तरीय संयन्त्रका लागि एक/एक जना प्रतिनिधि तोक्ने निर्णय गरेको छ । साथै पालिका र वडा स्तरको रिपोर्टसहितको बैठक यही चैत्र २१ गते पुनः बस्ने निर्णय भएको बैकठमा सहभागि नेकपा (माओवादी) का केन्द्रीय सदस्य एवम् सुनसरी जिल्ला इन्चार्ज निर्मल बरालले बताए । आगामी बैठक नेकपा माओवादी केन्द्रको जिल्ला कार्यालय इनरुवामा बस्नेछ ।

१८ गतेको बैठक नेपाली काँग्रेसका सुनसरी सभापति केदार भण्डारीको अध्यक्षतामा बसेको थियो । उनी ५ दलीय गठबन्धन सुनसरीका संयोजक हुन् । बैठकमा नेकपा (माओवादी केन्द्र)का सुनसरी संयोजक योगेन्द्रप्रसाद मण्डल (पप्पु), नेकपा एस सुनसरी अध्यक्ष गोविन्द निरौला, जसपा सुनसरी सचिव प्रदीप कार्की सहभागी थिए ।

त्यसैगरी, आमन्त्रित सदस्यको रुपमा नेपाली काँग्रेस केन्द्रीय सदस्य राजीव कोइराला । उनी प्रदेश संसद समेत हुन् । संघीय संसद सिताराम मेहेता, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य निर्मल वराल, नेकपा एसका पोलिटब्यूरो सदस्य महफुज अन्सारी सहभागी थिए ।

त्यसैगरी नेपाली काँग्रेसका सुनसरी उपसभापतिहरु नगेशचन्द्र राई, पंकज महतो, सचिव विरेन्द्रकुमार साह, नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियत, सचिव बसन्त सुवेदी पनि बैठकमा आमन्त्रित सदस्यको रुपमा सहभागी थिए ।