धरानः सुनसरीको धरान उपमहानगरपालिकामा अखिल नेपाल महिला संघ समाजवादीको अध्यक्षमा पदमा सुब्बा चयन भएकी छिन ।

शनिवार धरानमा नेकपा एकिकृत समाजवादी निकट महिलाहरुको भेलाले सुब्बाको नेतृत्वमा ५१ सदस्य उपमहानगर कमिटी गठन गरेको हो ।

नवगठित कमिटीको उपाध्यक्षमा कल्पना सुब्बा र मिना लिम्बू, सचिवमा करुणा राई, उपसचिवमा गिता चैलागाई र मिना विश्वकर्मा चयन भएका हुन । यसैगरि कार्यसमिती सदस्यहरुमा मेनुका देवान, बिमला कार्की, सम्झना दाहाल, दिलपना श्रेष्ठ, कुसुम घिमिरे, सुमिता कार्की, अनिता मग्राती, सिता नेपाल, निर्मला दियाली, हिमादेवी श्रेष्ठ, लक्ष्मी लिम्बुलगायत रहेका छन ।

277588969_7374790152596176_8079091439301222985_n

कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई अखिल नेपाल महिला संघ समाजवादीकी केन्द्रीय सदस्य तथा प्रदेश एककी सचिव रेखा खतिवडाले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन ।

केन्द्रिय सदस्य खतिवडाले नेकपा एकिकृत समाजवादीले लिएको राजनितिक कार्यदिशा र समाजवादको यात्राको सही दिशाले महिलाको हक अधिकार र सुरक्षाका लागि अनेमसंघमा सवै खाले महिला दिदी बहिनी संगठित भएर जानुपर्ने बताइन ।

अनेमसंघ समाजवादीकी प्रदेश एककी सदस्य अमृता रामदान सेन्चुरीले धरानमा रहेका सवै खाले महिलाहरुलाई वडा तहसम्मको कमिटीमा संगठित गरि अनेमसंघलाई सशक्त संगठनका रुपमा स्थापित गरि महिला मुक्तीको अभियान सफल बनाउन सकिने बताइन । भेलामा धरानमा रहेका नेकपा एसका अगुवा महिलालगायतको सहभागीता रहेको थियो ।