इनरुवाः सुनसरीमा पाँच दलिय गठबन्धनमा रहेको नेकपा एकिकृत समाजवादीले १२ वटा पालिका र १ सय २४ वटा वडामा उम्मेद्धवारी दिने भएको छ ।
शनिवार नेकपा एकिकृत समाजवादी सुनसरीले इनरुवाःमा पत्रकार भेटघाट कार्यक्रम गरि सत्ता गठबन्धनमा रहेका दलहरु सँग सिट बाँडफाटमा कुरा नमिलेका पालिका तथा वडाहरुमा आफनो पार्टीले सवै दलसँग प्रतिष्पर्धा गर्न उम्मेदवारी दिने जनाएको हो ।
नेकपा एसका सुनसरीका अध्यक्ष गोविन्द निरौलाले पत्रकार भेटघाटमा नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला तहका नेतृत्वसँग शुक्रवार गरिएको बैठकमा गठबन्धन निमार्ण गरेर जाने छलफलको सुरुवात भएको बताए ।
अध्यक्ष निरौलाले नेकपा एसले जिल्लाका धरान र इटहरी उपमहानरपालिका, इनरुवा, रामधुनी, दुहवी, बराहक्षेत्र नगरपालिकामा मेयर उपमेयरसहित सवै वडामा उम्मेदवार उठाउने गरि नेता कार्यकर्ताहरुको नाम सिफारिस गर्न चैत २८ गतेसम्म जिल्लामा पठाउन निर्देशन दिएको बताए ।
यसैगरि देवानगञ्ज, बर्जु, हरिनगर, गढी, कोशी र भोक्राहा–नरसिह गाउपालिकामा चैत ३० गतेसम्म सहमती गरि उम्मेदवारहरुको नाम सिफारिस गरि पठाउन सर्कुलर गरिएको अध्यक्ष निरौलाले बताए ।
सहमतीका आधारमा गठबन्धन हुने वडामा गठबन्धनबाट नहुने वडामा एकल रुपमा चुनावमा उम्मेदवारी दिने गरि कार्यकर्ताहरुलाई सर्कुलर गरिएकाले पालिका तथा वडाबाट हुने सहमतीलाई आधार बनाएर चुनावमा भाग लिने अध्यक्ष निरौलाले बताए ।
जिल्लामा सहमती हुन नसकेका वडा तथा पालिकामा तल्लो तहबाट गठबन्धन बनेर आएको अवश्थामा त्यसैलाई सहमती दिने र सहमती नभएको अवश्थामा एकल रुपमा उम्मेदवारी दिने तयारीमा सवै पालिका कमिटीहरु रहेको अध्यक्ष निरौलाले बताए ।
नेकपा समाजवादीले सुनसरीको भोक्राहा–नरसिह, कोशी गाउपालिकामा काग्रेस बाहेकको गठबन्धन बनाउन पालिका तहमा बैठक छलफल भएकाले जिल्लाबाट सहमती भएको अवश्थामा जिल्लाबाटै गठबन्धन बनाएर चुनावमा भाग लिने तयारी गरेको छ ।
बराहक्षेत्रमा नेपाली काग्रेस, माओवादी केन्द्र र जसपासँग समहती भएका सिट बाडफाँडका आधारमा सहमती गरेर जाने नभएको अवश्थामा गठबन्धनमा मिल्ने अन्य दलहरु बिचमा सहमती गर्ने त्यो नभए एकल रुपमा जाने तयारी भएको जनाइएको छ ।
रामधुनी नगरपालिकामा नेपाली काग्रेस, माओवादी केन्द्र र जसपाका पालिका तहका कमिटी सँग बैठक बसी सिट बाँडफाडको सहमती गर्ने नभएको अवश्थामा एकल रुपमा चुनावमा भाग लिने गरि उम्मेदवारी दिने तयारी गरिएको बताइन्छ ।