धरानः स्थानीय चुनाब नजिकिदै गर्दा जनता समाजवादी पार्टीको संगठन बिस्तार तिब्र पार्ने क्रममा धरानमा एमाले सहितको पार्टी त्यागेर १७ युवाहरु जनता समाजवादी प्रवेश गरेका छन ।

जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिको दोस्रो पुर्ण बैठकको अवसरमा धरानको चुम्लुङ हिममा बाँझोगरा क्लबका अध्यक्ष कर्ण केदेम सचीव पुर्ण गरुङ जनता समाजवादी पार्टीमा प्रवेश गरेको कुरा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावतीले जानकारी दिए ।

पार्टी प्रवेश गर्नेहरुमा लाक्पा शेर्पा,हरि तुम्सा, निर्माण ब्याबसायी जय चाम्लिङ, निर्मल चोङ्बाङ, सन्तोष राई,गौतम हुक्पाचोङ्म्बाङ,रबिन तामाङ बिपिन राई,खेम मादेन सिम लिम्बू,सरोज लिम्बू,भलिबल खेलाडी धनबहादुर मगर ,जयएन्द्र प्रसाद पार्घरै,सुबास राई,प्रबिन राई,भिम लिम्बू रहेका छन् । पार्टी प्रवेश गरेका युवालाई जनता समाजवादी पार्टी केन्द्रिय कार्यकारिणी सदस्य रकम चेम्जोङले खादा लगाएर स्वागत गरेका थिए ।