इटहरीः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको इनरुवामा हुने आमसभामा सम्बोधन गर्ने भएका छन् ।

नेकपा एमाले सुनसरीको आयोजनामा आगामी चैत्र ३० गते हुने आमसभामा सम्बोधन गर्न पार्टी अध्यक्ष ओली इनरुवा आउने नेकपा एमाले सुनसरीले जनाएको छ ।

पार्टीको प्रचार प्रसार बिभागले बिहिबार इनरुवा पत्रकार सम्मेलनको आयोजना गर्दै इनरुवाको महेन्द्रचोकमा हुने आमसभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बताइए अनुसार बृहत आमसभा चुनाव केन्द्रित रहने छ । कार्यक्रममा जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले आमसभासँगै औपचारिक रुपमा सुनसरीमा पार्टीको चुनावी अभियान सुरु हुने समेत बताए । उनले सुनसरीमा अन्य दलबिचको गठबन्धनले एमालेलाई कुनै असर नगर्ने समेत दावी गरे ।