इटहरीः ग्रीन भेन्चर्स लिमिटेडले निश्कासन गरेको आइपीओ आइतबार (चैत २० गते) बाँडफाँड हुने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।
कम्पनीले मंगलबार नै प्री–अलोटमेन्ट सम्पन्न गरीसकेको बताएको छ । कम्पनीले बिक्रिका लागि खुलाएभन्दा ९ गुणा बढि आवेदन परेपछि आइपिओ हात पार्न भने भाग्यकै भरपर्नु पर्ने भएको छ ।
आवेदन दिएका मध्ये जसमा २ लाख ८७ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १८ लाख ७० हजार १३१ जनाको भने हात खाली हुनेछ ।
यसमा कुल २१ लाख ५७ हजार ६३१ जनाले २ करोड ५९ लाख ४० हजार ५६० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५९ करोड ४० लाख ५६ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
ग्रीन भन्चर्सले चैत ८ गतेबाट ११ गतेसम्म सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । कुल ३१ लाख २५ हजार कित्ता सेयरमध्ये ५५ अर्थात १ लाख ५६ हजार २५० कित्ता सामूहिक लगानी कोष र ३५ अर्थात ९३ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई जारी भएको हो । यसमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।