जनकपुरः लामो समयदेखि पाल टाँगेर थन्काईको कुर्था–जयनगर रेल आइतवारदेखि नेपाल भारत यात्रा गर्ने भएको छ । प्रद्यानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएपछि भारतीय प्रद्यामन्त्री नरेन्द्र मोदी र प्रद्यानमन्त्री देउवाले शनिवार भर्चुअल माध्यमबाट रेलको उद्घाटन गर्ने र आइतबारबाट नेपाल भारत यात्रु चढाएर सञ्चालन गर्ने तयारी भएको हो ।

आइतवारदेखि नेपालको कुर्थादेखि भारतको जयनगरसम्म औपचारिक रूपमा रेल सञ्चालन हुने भएको हो । शुरुमा रेल ३५ किलोमिटरको दुरीमा सञ्चालनमा आउने बताइएको छ । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधीन ६९ किलोमिटर रेलमार्गको खण्ड हो तर उक्त काम पुरा भइसकेको छैन् । रेलमार्गका लागि भारत सरकारको ८।७७ अर्ब रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाएको छ । अहिले ३५ किलोमिटर लिक तयार भएर परिक्षण समेत भएकाले रेल त्यतिमा मात्रै सञ्चालन हुने अधिकारीहरुले बताएका छन् ।

आइतबारबाट सामान्य डिब्बामा यात्रा गर्नेहरूले ९० रुपैयाँ बराबरको टिकट गर्नुपर्ने र स्पेशलमा डिव्वामा भने सामान्यमा भन्दा पाँच गुणा बढी शुल्क लाग्छ, बताइएको छ ।
अहिले रेल ६० देखि ६५ किलोमिटर प्रतिघण्टाको स्प्रिडमा कुद्न सक्नेछ । अनाधिकृत रुपमा खोलिएको बाटोका कारण गति सीमित राख्नुपर्ने हुँदा फुल स्प्रिडमा रेल कुदाउन नसकिने भनाई अधिकारीहरुले राखेका छन् ।