इटहरीः स्थानीय निकायको निर्वाचन आउन जम्माजम्मी ६ हप्ता पनि बाँकी छैन् । बैशाख ३० गते तोकिएको स्थानीय निर्वाचनमा को कहाँ उठ्ने कसलाई के दिने भन्ने चर्चा चलिरहँदा संघिय सरकारमा गठबन्धन गरिरहेका दलहरुले पुन गठबन्धन गरेरै जानुपर्ने आवश्यकता औल्याउँदैछन्, तथापि त्यसको समर्थन र विरोध दुवै भइरहेको छ ।
चोक र टोलमा हुने साना तिना भेला र चौतारी गफहरु चनाव केन्द्रितनै हुन थालेका छन् । यसै सन्दर्भमा हामीले सुनसरीकै धेरै मतदाता भएको पुर्वको केन्द्र इटहरी उपमहानगरको वडा नम्बर ७ को मत परिणाम कस्तो थियो भन्ने फ्लास व्याक हाम्रा पाठकलाई दिनका लागि अघिल्लो स्थानीय निर्वाचनको मत परिणाम लिएर आएका छौँ ।
इटहरी उपमहानगरको वडा नम्बर ७ मा अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्धवार नरबहादुर राईले बाजी मारेका थिए । राईले ६ सय ८४ मत प्राप्त गरेका थिए भने उनका प्रत्यासी बनेका नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्धवार शिव नारायण भण्डारी थारुले ६ सय ८ मत प्राप्त गरेका थिए । मत परिणाम हेर्दा एमालेलाई हराउन काँग्रेसलाई निकै हम्मेहम्मे नै परेको देखिन्छ । चुनावी मतपरिणाम जम्मा ७६ मत को मात्रै फरक छ ।
इटहरी ७ मा जम्मा ५ जनाको वडा अध्यक्षमा प्रतिस्पर्धा भएको थियो । जसमा माओवादी केन्द्रका उम्मेद्धवार मनाई चौधरीले २०६ मत पाएका थिए भने नयाँ शक्ति पार्टीका उम्मेद्धवार रमेश कट्वालले २८ र राप्रपाका चन्द्र पौडेलले जम्मा १ मत पाएका थिए ।
महिला सदस्यमा एमालेकी जिरा चौधरीले ७ सय मत पाएर बिजयी भएकी थिइन भने जिरा चौधरी विरुद्ध कडा प्रतिस्पर्धी बनेकी नेपाली कांग्रेसकी मन्जु कुमारी कटुवालले ५९२ मत पाएकी थिइन् उता माओवादी केन्द्रकी खेदनी थरुनीले १९८ र नयाँ शक्ति पार्टीकी शर्मिला लिम्बुले २९ मत पाएका थिए ।
यता दलित महिला सदस्यमा अनिता देवी पासवात विजयी भईन् भने प्रतिस्पर्धी कांग्रेसकी गगन मुसहरले ५८६ मत ल्याइन् । बिजयी पासपानले ६९४ मत पाएकी थिइन् । उता माओवादीबाट महिला सदस्यको उम्मेद्धवार बनेकी बदिया देवी मुसहरले १८८ मत पाइन् भने राप्रपाबाट उम्मेद्धवार बनेकी कलरी मुसहर्नीले जम्मा २ मतमा चित्त बुझाएकी थिइन् ।
यता वडा सदस्य तर्फ दुवै एमालेका उम्मेद्धवारहरु कर्ण बहादुर खत्री र देव नारायण चौधरीले जित हासिल गरेका थिए ।
खत्रीले ६९८ र चौधरीले ६५५ मत पाएका थिए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका काशीराम चौधरीले ५७० मत र सुवास चौधरीले ५६० मत पाएका थिए । वडा सदस्यका उम्मेद्धवार बनेका नेकपा माओवादीका केन्द्रका मुकुन्द दाहाल र प्रकाश पराजुलीले क्रमश २१४ र १९५ मत पाएका थिए भने संघीय समाजवादी फोरमबाट वडा सदस्यका उम्मेद्धवार बनेका तुलसी राम चौधरीले जम्मा ३ मत पाएका थिए । वडा सदस्यकै उम्मेद्धवार राप्रपाका विलट नारायण भण्डारी र गंगा बहादुर विकले क्रमश १ र शुन्ना मत पाएका थिए ।