इटहरीः स्थानीयतहको निर्बाचन नजिकिएसंगै प्रदेश नम्बर १ को तेह्रथुममा एमाले र माओवादी केन्द्रमा विद्रोह शुरु भएको छ । सो जिल्लामा एमालेका र माओवादी केन्द्रका जिल्ला नेताहरु सहित २ सय कार्यकर्ताहरुले एकै पटक विद्रोह गरेका हुन् ।

समाजबादीले जिल्ला र स्थानीयतहमा प्रशिक्षण र पार्टी प्रबेश कार्यक्रमलाई तिब्रता दिएको हो । बुधबार सदरमुकाम म्याङ्लुङमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब २ सय जना कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा प्रबेश गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले म्याङ्लुङ्ग नगरपालिका वडा नं २ का वडाध्यक्ष तथा निवर्तमान जिल्ला कमिटी सदस्य वलदेव सिं तुम्वाहाङ्फे, एमालेकै निवर्तमान जिल्ला कमिटी सदस्य सुविन्द्र थेगुवा र नेकपा माओबादी केन्द्रका नेता नेत्र सोदेम्बा लगायत करिब २ सय बढी कार्यकर्ता नेकपा एकीकृत समाजबादी प्रबेश गरेको जिल्ला अध्यक्ष कृष्ण बहादुर चोङबाङले जानकारी दिए ।

पार्टीमा प्रबेश गर्ने कार्यकर्ताले बा मालेको अहंकारी, दम्भ, नीति विनाको नैतिकता र विधि विनाको बैधानिकता भएको ढाट, जाल–झेल र षड्यन्त्रको खेती गर्ने पार्टी नेकपा एमाले परित्याग गरि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेको धरणा राखेका छन् ।

पार्टी प्रबेश कार्यक्रम समाजबादीका पोलिटब्युरो सदस्य तथा नेपाल सरकारका राज्यमन्त्री भवानी प्रशाद खापुङको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
जिल्लामा स्थानीयतहको निर्बाचनलाई लक्षित गर्दै नेपाली काग्रेस, नेकपा माओेबादी, नेकपा एकिकृत समाजबादी,जनता समाजबादी पार्टी नेपाल,मञ्च सम्बद्व लिम्बुवान पार्टीले गठबन्धन गर्ने निर्णय गरि सकेका छन् ।