इटहरीः बुधबार मोटरसाइकल दुर्घटनामा परि सुनसरीको रामधुनी ६ का वडा सचिव नन्द कुमार श्रेष्ठको मृत्यु भएको छ ।

कार्यलय जानेक्रममा बुधबार विहान करिब १०ः४० बजे रामधुनी–६ आदर्श टोलको स्थित भित्रि सडकमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा वडा सचिव श्रेष्ठको मृत्यु भएको प्रहरीको जनाएको छ ।

इलाका प्रहरी कार्यलय पकलीका अनुसार वडा सचिव श्रेष्ठ सवार भएको को २४ प ९४५६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटना हुनासाथ इलाका प्रहरी कार्यलय पकलीको टोली घटना स्थलमा पुगेको थियो ।

घाइते अवस्थामा भेटिएका श्रेष्ठलाई उपचारकालागि धरान स्थित घोपा क्याम लैजादै गर्दा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।