इटहरीः गैह्र आवासिय नेपाली संघको ८४ औँ अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठकले काठमाण्डौको पशुपति क्षेत्रमा एक सय बेडको सुविधा सम्पन्न वृद्धाश्रम निर्माण गर्ने भएको छ ।
नयाँ कार्यसमिति पाएपछि सोमबार बसेको पहिलो बैठकले संघको परोपकारी परियोजना अन्तर्गत वृद्धाश्रम निर्माण गर्न ३ करोड ५६ लाख ५० हजार २ सय २२ रुपैयाँको प्रतिवद्धता भएको बताएको छ ।
निर्माण हुने भनिएको धर्मशालाका लागि नव निर्वाचित अध्यक्ष कुल आचार्यले १ करोड रुपैँया प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् भने अन्य सहभागीले २ करोड ५६ लाख ५० हजार २ सय २२ रुपैया बराबरको प्रतिवद्धता गरेको एनआरएनले जनाएको छ ।
पहिलो बैठकले एनआरएनमा भएका समस्या समाधानका लागि महासचिवद्धय गौरीराज जोशी र डा. केशव पौडेललाई क्षेत्रीय संयोजकहरुसँग सम्वन्वयन गरी समाधान गर्ने जिम्मा दिएको संघको प्रवत्ता सोम सापकोटा र शिव कुमार बरुवालद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।संघले आगामी कार्यकालको संचालनको कार्यविधि तयार गर्न उपाध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा महासचिव गौरीराज जोशी र डा. केशव पौडेललाई जिम्मेवारी दिएको छ ।