इटहरी :नेपाली कांग्रेस स्थानीय तहको आसन्न निर्वाचनमा अन्य पार्टीसँग् गठबन्धन गरेर अघि जाने निर्णय गरेको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यसमिति मंगलबारको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा अन्य दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको बैठकको निर्णय सुनाउँदै पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

’स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरेर अघि जाने निर्णय भएको प्रवत्ता महतले जानकारी दिए ।