इटहरीः सुनसरी जिल्लामा अघिल्लो निर्वाचन देखि अहिले सम्ममा १ लाख १३ हजार ६ सय ६ मतदाता थपिएका छन् ।
जिल्ला निर्वाचन कार्यालय सुनसरीले आइतबार सार्वजनिक गरेको अन्तिम सुचि अनुसार अघिल्लो निर्वाचन ताका सुनसरी जिल्लाको मतदाताको संख्या ४ लाख २१ ह्जार १ सय ५९ थियो भने २०७८ मा ५ लाख ३४ हजार ७ सय ६५ पुगेको छ ।

जिल्लाकै सबैभन्दा धेरै मतदाता रहेको धरान उपमहानगरपालिकामा २०७४ सालमा ८९ हजार २ सय ८२ मतदाता रहेकोमा २०७८ सालमा १ लाख ३ हजार मतदाता पुगेका छन् । यहाँ पुरुष ४७ हजार ४ सय ८ र महिला ५२ हजार ९ सय १६ रहेका छन् । धरान उपमहानगरमा ४ बर्षको दौडानमा ४० हजार ७ सय ४२ मतदाता थपिएका छन् । धरान उपमहानगरमा जम्मा १ सय ७ मतदान केन्द्र रहेका छन् ।

यसैगरी सुनसरीको अर्को ठुलो उपमहानगर इटहरी उपमहानगरपालिकामा २०७४ मा ७७ हजार ६ सय ७७ मतदाता रहेकोमा ०७८ मा १ लाख ४ हजार ६ सय २६ मतदाता भएका छन् । यहाँ पुरुष ४९ हजार ९२५ र महिला ५४ हजार ७ सय रहेका छन् । इटहरी उपमहानगरमा १ सय ११ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।

उता इनरुवा नगरपालिकामा २०७४ मा ३६ हजार १४५ मतदाता रहेकोमा ०७८मा ४२ हजार ७४८ मतदाता भएका छन् । जसमा पुरुष २२ हजार ९२ र महिला २० हजार ६५६ जना रहेका छन् । इनरुवा नगरपािलकामा ४७ मतदान केन्द्र रहेका छन् ।

उता सुनसरीको अर्को नगरपालिका दुहवीमा दुहबी नगरपालिकामा २०७४ मा ३० हजार ६७२ मतदाता रहेकोमा ०७८ मा ३६ हजार ७३० मतदाता भएका छन् भने जसमा पुरुष १९ हजार २०० र महिला १७ हजार ५३० भएको छ । दुहवी नगरपालिकामा जम्मा ४२ मतदान केन्द्र तोकिएका छन् । उता बराहक्षेत्र नगरपािलकामा २०७४ मा ४७ हजार ३९८ मतदाता रहेकोमा ०७८ मा ६३ हजार ६०८ मतदाता पुगेका छन् । यसमा पुरुष ३१ ह्जार ४२९ र महिला ३२ हजार १७९ रहेका छन् । बराहाक्षेत्रमा जम्मा मतदान केन्द्र ६७ वटा रहेको बताइएको छ ।

सुनसरीको अर्को नगरपालिका रामधुनी नगरपालिकामा २०७४ मा ३० हजार ३५६ मतदाता रहेकोमा ०७८ मा ४१ ह्जार ४७८ मतदाता पुगेका छन् । जसमा पुरुष मतदाताको संख्या २० हजार १०३ र महिला २१ ह्जार ३७४ रहेका छन् । रामधुनीमा ४४ वटा मतदान केन्द्र तोकिएको छ ।

त्यसैगरी सुनसरीको कोशी गाउपालिकामा ०७४ मा २२ हजार ४३० जना मतदाता रहेकोमा ०७८ मा २६ हजार ४६६ मतदाता भएको छन् । जसमा पुरुष १४ हजार ६९१ र महिला ११ हजार ७७५ छन् । कोशी गाउँपालिकामा मतदान केन्द्र २९ वटा तोकिएका छन् । उता गढी गाउँपालिकामा ०७४ मा १९ हजार ६४६ मतदाता रहेकोमा ०७८ मा २३ हजार ८१७ पुगेका छन् । जसमा पुरुष १२ हजार ३९८ र महिला ११ हजार ४१९ जना छन् । गढीमा मतदानकेन्द्र २७ वटा तोकिएका छन् ।

सुनसरीको अर्को गाउँपालिका देवानगन्ज गाउपालिकामा ०७४ मा १९ हजार ५४५ मतदाता रहेकोमा –०७८ मा २३ हजार ५७८ पुगेका छन् । जसमा पुरुषको संख्या ११ हजार ८८१ र महिलाको संख्या १० हजार ७९० पुगेको छ । देवानगन्जमा २६ वटा मतदान केन्द्र तोकिएका छन् ।

यता सुनसरी जिल्लाको बर्जु गाउपालिकामा –०७४ मा १८ हजार ५६४ मतदाता रहेकोमा –०७८ मा २२ हजार ४६७ जना मतदाता पुगेका छन् । जसमा पुरुषको संख्या ११ हजार ८८१ र महिलाको संख्या १० हजार ५८६ छ । बर्जुमा मतदान केन्द्र २५ वटा रहेका छन् भने भोक्राहा नरसिहं गाउपालिकामा ०७४ मा १८ हजार ८८३ मतदाता रहेकोमा –०७८ मा २४ हजार १०१ पुगेका छन् । जसमा पुरुष मतदाता १३ हजार ४५० र महिला मतदाता १० हजार ६५१ रहेका छन् । यहाँ मतदान केन्द्र २८ वटा छन् । सुनसरी जिल्लाभरी मतदान केन्द्र ५८१ वटा रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले बताएको छ ।