बराहक्षेत्रः आगामी स्थानीयतहको चुनाव नजिकिँदै गर्दा सुनसरीको बराहक्षेत्र नगरपालिकाका नेताहरुमा सगर्मी सुरु भइसकेको छ । यसैबीच नेपाल कम्युनिस्ट पार्टी एमालेबाट अलग भएका नेता माधवकुमार नेपालले नेतृत्व गरिरहेको दल नेकपा एकीकृत समाजवादी बराहक्षेत्रभित्र नगरको मेयर पदका लागि आकांक्षा राख्नेहरुको ताती देखिन्छ ।

उसो त संगठन बिस्तारमा जोडतोडले लागिरहेको नेकपा एस वर्तमान परिप्रेक्ष्यमा पाँच दलीय गठबन्धननै कायम राख्न चाहान्छ । बराहक्षेत्र नगरभित्र पनि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसँग गठबन्धन गरि केहि पदहरुमा च्याखे थापी रहेको आरोप लाग्ने गरेको छ ।

यद्यपि एसका नगर अध्यक्ष चन्द्र मगरले भने गठबन्धन सम्भव नभए पार्टी एक्लै मैदान उत्रिन पनि पछी नहट्ने बताएका छन् । पार्टी गठबन्धनमा जाने कि एकल चुनावी मैदानमा जाने, कुन पदमा को उठ्ने भन्ने बारेमा पार्टी भित्र छलफल भइसकेको छैन् तर साथीहरू धेरैको आकांक्षा छ, उनले भनें ।

‘हामी एमालेबाट विद्रोह गरेर विभाजित भएका हौं, नेकपा एसका नेता गोकुल थापा भन्छन्, हामीकहाँ एमालेलाई टक्कर दिने नेताहरु थुप्रै छौ ।’ यद्यपि बराहक्षेत्रमा केन्द्रिय सत्ता गठबन्धनलाई निरन्तरता दिनु नै आजको आवश्यकता भएको उनको बुझाइँ छ ।

कोको छन् त मेयर पदका उम्मेदवार ?

लक्ष्मण चौधरी

पार्टीका केन्द्रिय परिषद सदस्य लक्ष्मण चौधरी यस् भेगका लागि पुराना र सामाजिक कार्यमा सक्रिय व्यक्तित्वको रूपमा चिनिन्छन् । चौधरी साविक भरौल गाविसका लागि दुई कार्यकाल निर्वाचित अध्यक्ष समेत भइसकेका छन् ।

सिताराम पराजुली

बराहक्षेत्र ८ स्थायी घर भएर सामाजिक कार्यमा क्रियाशील सिताराम पराजुली पार्टीको जिल्ला कमिटी उपाध्यक्ष तथा संगठन विभाग प्रमुख समेत हुन् ।

केशव प्रसाद तिम्सिना

केन्द्रिय सदस्य तथा सुनसरी जिल्ला सह–इन्चार्ज केशव प्रसाद तिम्सिना आगामी मेयरका आकांक्षी हुन् । शिक्षण पेशाबाट सेवा निवृत्त भइसकेका नेता तिम्सिना बुद्धिजीवी एबम् सक्रिय व्यक्तित्वको रुपमा परिचित छन् ।

युवराज कट्वाल

युवा पुस्तामा लोकप्रिय मानिएका नेता कटवाल पेशाले प्राध्यापक हुन् । २०७४ सालमा तात्कालिन नयाँ शक्ति पार्टीबाट भोजपुरमा प्रतिनिधिसभा निर्वाचनमा समेत प्रतिस्पर्धा गरिसकेका उनी वर्तमान नेकपा एकिकृत समाजबादी पार्टिका केन्द्रिय परिषद सदस्य हुन् ।

चन्द्र मगर

पार्टीका वर्तमान नगर अध्यक्ष चन्द्र मगर समेत यसपटकको बराहक्षेत्र नगरको मेयरमा चर्चा छ । यद्यपि उनले खुलेर आफू मेयरको आकांक्षी भने स्विकार गरिसकेका छैनन् । प्रदेशपोर्टलसँगको कुराकानीमा उनले भनेका छन्, म आफै चाहिँ मेयरको आकांक्षी होईन तर पार्टीले मूल्यांकन गरेर जिम्मेवारी दिन्छ भने पछी हट्दिन् ।

पुष्प राजधामी

पार्टीको नगर सचिव पुष्प राजधामीको समेत मेयर पदमा चर्चा छ । उनी यस क्षेत्रका लागि राजधामी उत्कृष्ट भाषण कला र प्रभावशाली नेताको रूपमा चिनिन्छन् ।