बराहक्षेत्रः आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय चुनावका लागि बराहक्षेत्र नगरको मेयरमा आकांक्षा व्यक्त गर्नेहरूको लहर चलेको छ । यसैक्रममा नेकपा एमाले सुनसरी जिल्ला सदस्य समेत रहेका सुरज भण्डारीले यसपटक नगरको मेयरमा लड्न आफू इच्छुक रहेको बताएका छन् ।

आफू नगरको मेयर भएमा गर्ने कार्यहरुको प्रतिबद्धतासहितको आधारस्तम्भ प्रस्तुत गर्दै उनले नगरप्रमुखमा आकांक्षा राखेको बताए ।

नेकपा एमालेको बराहक्षेत्र ७ वडा कमिटीमा रहेर काम गरिसकेका भण्डारी पार्टीको भातृ संगठन राष्ट्रिय युवा संघ, नेपाल बराहक्षेत्रको अध्यक्ष समेत भए । पछी उनी राष्ट्रिय युवा संघ, नेपालकै सुनसरी जिल्ला उपाध्यक्ष हुँदै नेकपा एमालेको १०औं जिल्ला अधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । मुलतः व्यबसाय गर्दै आएका भण्डारी हाल बराहक्षेत्र ७ वडाका स्थायी निवासी हुन् ।

भण्डारी नगरको मेयर हुनेपर्ने आधारहरू

पार्टीले यसपटक आफूलाई विश्वास् गरेर टिकट दिएको खण्डमा नगरको मेयरमा लड्ने उनले इच्छा प्रकट गर्दै भनेका छन्,  ‘बराहक्षेत्र नगरको मुहार फेर्ने मेरो एकमात्र उदेश्य हुनेछ ।’  प्रदेशपोर्टलसँगको कुराकानीमा सबैभन्दा पहिला नगरमा गर्नसकिने सम्भावित उत्पादन र नियार्तको डिपिआर तयार गर्ने र सोहिअनुरुप कार्य थालनी गर्ने योजना रहेको सुनाए ।

शिक्षाको क्षेत्रमा नगरभरीका विधालयलाई मन्टेश्वरी प्रणालीमा ढाल्ने, गरिब तथा असाह्य नगरवासीलाई नगरले शिक्षा प्रदान गर्ने उनको प्रतिबद्धता छ ।

त्यस्तै, उनले नगरका बालबालिका र बृद्वहरुलाई प्रत्येक ६ महिनामा निशुल्क चेकजाँच र आवश्यकताअनुरुपको उपचार गर्ने बताए ।

‘कृषिमा दिने अनुदान कार्यकर्ता पाल्ने मेलो मात्र हो, उनले थपे, त्यसको सट्टामा कृषिजन्य समाग्री, बिउबिजन वितरण गर्ने छु ।’

बराहक्षेत्रमा अथाह पर्यटनको संम्भावना रहेको बताउँदै उनले भने, यस् नगरलाई पर्यटनमुखी बनाउनका लागि मैले एकखालको डिपिआर कोरिसकेको छु ।

बेसार, स्ट्रोबेरी, कोला खेती लगायतलाई सक्दो उपयोग गरि रोजगारमुलक बनाउने योजना रहेको बताए । उनले बराहक्षेत्रका युवा पुस्तालाई सकेसम्म यहाँबाट् पलायन हुन नदिनको निम्ति रोजगारजन्य योजनाको परिकल्पना आफूसँग रहेको बताए ।

अन्य थुप्रै मेरा योजनाहरु छन्, यदि पार्टीले विश्वास गरेको खण्डमा बराहक्षेत्रलाई आयमुलक समृद्व नगर बनाउने मेरो जिम्मा हुनेछ, उनले भनें ।