इटहरीः नेकपा माओवादी केन्द्रले इटहरी उपमहानगरपालिकामा निर्वाचनको तयारीका लागि शुक्रबार निर्वाचन परिचालन कमिटीको टुँगो लगाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका प्रदेश एक उपाध्यक्ष शिव डाँगीको नेतृत्वमा ७ सय ७१ जनाको उपमहानगर निर्वाचन परिचालन कमिटी गठन गरिएको पार्टीका नगर कमिटी अध्यक्ष ज्वाला तामाङ्गले जानकारी दिए ।

नगरकमिटीको सबै सदस्य वडा कमिटीको सबै सदस्य साथै उपमहानगरभित्र रहेको प्रदेश कमिटीमा रहेका पदाधिकारीहरुको समेत संलग्नतामा ७ सय ७१ जनाको जम्बो निर्वाचन परिचालन कमिटि बनेको तामाङ्गले बताए ।
शुक्रबारको निर्वाचन परिचालन कमिटिको भेलाले प्रत्येक वडामा प्रदेश सदस्य, जिल्ला सदस्य र नगरका सिनियरको नेतृत्वमा वडाको निर्वाचन परिचालन समिति समेत बनाएको छ ।

माओवादीले इटहरी नगरमा रहेका विभिन्न महत्वपुर्ण जनवर्गिय संगठनहरुको प्रमुख समेत तोकेको र भोलीबाटै शुरु हुने गरी इटहरी उपमहानगरका हरेक वडा र टोलहरुमा पार्टीको टोल कमिटीको गठन गर्ने र सबै जनवर्गीय संगठनहरुको भेला गरी कमिटीहरु निर्माण गर्ने काम गर्ने निर्णय समेत भेलाले गरेको बताइएको छ । पार्टीले चैत्र २८ गते सम्म भेला र कमिटी गठनलाई तिव्रता दिने र बैशाख १० गते सम्ममा उपमहानगर र वडामा उम्मेद्धवारहरुको टुङ्गो लगाईसक्ने निर्णय समेत गरेको बताइएको छ ।

शुक्रबारको भेलाले इटहरी उपमहानगरमा गठबन्धन गरौँ भन्दै नजाने र कुनै पार्टीबाट गठबन्धनको प्रस्ताव आए विचार गर्ने निर्णय गरेको उपमहानगरका कमिटी अध्यक्ष ज्वाला तामाङ्गले बताए ।

277028436_1065188474059615_2665620277381049747_n

शुक्रबारको भेलाले नेकपा माओवादि केन्द्रलाई चुनावमा प्रतिस्पर्धी पार्टीको रुपमा इटहरीमा खडा गर्ने निर्णय समेत गरेको बताइएको छ । “अन्य पार्टीमा अन्तरकलह र अन्तरविद्रोह छ तर हामीमा त्यो छैन् । हामीले प्राप्त गरेको उपलव्धीलाई संस्थागत गरेर अगाडी बढ्यौँ भने हामी एक नम्बर हुन सक्छौँ ।” पार्टीका प्रदेश एक उपाध्यक्ष शिव डाँगीले भने ।

माओवादिमा पनि योग्यता र क्षमता भएका नेताहरु छन् जसले इटहरीको विकासको लागि का मगर्न सक्छन् भन्ने आफ्नो पार्टीको भनाई रहेको डाँगीले स्पष्ट पारे ।

यी हुन्, नेकपा माओवादि केन्द्रको इटहरी उपमहानगर निर्वाचन परिचालन समितिमा चुनिएका इन्चार्जहरु

निर्वाचनका लागि माओवादिले इटहरी उपमहानगरका बिस वटै वडामा इन्चार्ज तोकेको छ । जसमा वडा नम्बर १ मा १ संकर पुरी, वडा नम्बर २ मा सोम सुवेदी, वडा नम्बर ३ मा बहादुर सिंह तामाङ्ग, वडा नम्बर ४ मा कविन्द्र बहादुर केसीले इन्चार्जको जिम्मेवारी पाएका छन् । त्यसैगरी माओवादिले वडा नम्बर ५मा टिका प्रसाई वडा नम्बर ६ मा जगदिस सापकोटा, वडा नम्बर ९ मा दिवस पोखरेल वडा नम्बर १० मा मदन चुडाललाई निर्वाचनका लागि इन्चार्ज बनाएर खटाएको छ ।

277075971_491884982426620_600670841165415689_n

पार्टीले इटहरी उपमहानगरको वडा नम्बर ११ मा राजन काफ्ले। वडा नम्बर १२ मा दिपक रसाइली, वडा नम्बर १५ मा सपना परियार, वडा नम्बर १७ मा उमेश शाह, वडा नम्बर १८ मा दिप नारायण चौधरी, वडा नम्बर १९ मा मिन प्रसाद गुरागाँई र वडा नम्बर २० मा टिका बहादुर वनलाई निर्वाचनको कमाण्ड जिम्मा लगाएको पार्टीका प्रदेश एक उपाध्यक्ष शिव डाँगीले बताए ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले निर्वाचन परिचालनको लागि इटहरीका २० वटै वटा सम्वन्वय गर्ने गरी महिला संयोजकमा सुशिला उप्रेती र युवा विद्यार्थीको संयोजकमा प्रदिप श्रेष्ठलाई मनोनयन गरेको समेत डाँगीले बताए ।
त्यसबाहेक इटहरी उपमहानगरमा नेकपा माओवादीको चुनावी प्रचार प्रसारको जिम्मा अर्जुन शर्माले पाएका छन् ।