इटहरीः धनकुटा जिल्लाको पर्यटकिय गन्तव्य भेडेटार नजिकै भएको सवरी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मंगलबार साँझ करिव ९ बजे भेडेटार–गोलखाडी सडक खण्डमा दुर्घटना हुँदा साँगुरीगढी गाउँपालिका वडा नम्बर ७ कि श्रेया राईको मृत्यु भएको प्रहरीले बताएको छ ।
१९ बर्षीया राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको बुधबार बिहान २ः१० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति करिब ९ बजे साँगुरीगढी गाउँपालिका–६ साँगुरीगढी किल्लानजिक गोलखाडी भेडेटार भित्री कच्ची सडक खण्डमा भेडेटारबाट गोलखाडीतर्फ जाँदै गरेको मे १ ज २१६२ नम्बरको सुमो जीप अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटना ग्रस्त जीपका चालक धनकुटा नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४१ को सत्यलाल इप्रका भेडेटारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । भेडेटारबाट अन्दाजी १ किमी पश्चिम पर्ने सो स्थानमा सडकको अवस्था समेत खासै राम्रो छैन् ।