सुनसरीः नेकपा एकीकृत समाजवादी बराहक्षेत्र नगर कमिटीले नगरक्षेत्रका वडा टोल वस्तीमा चुनावी अभियानसगै संगठन विस्तारलाई अगाडि बढाएको छ । मंगलबार बराहक्षेत्रका दुईवटा वडाहरूमा वडा कमिटी गठन गरेको नेकपा एसले स्थानीय तह निर्वाचनका लागि आक्रमक शैलीमा एमालेको किल्ला भत्काउन थालेको छ ।
नेकपा एसको ३ नम्बर वडा कमिटीको अध्यक्षमा मानबहादुर राई चयन भएका छन । ३१ सदस्यीय राई नेतृत्वको वडा कमिटीमा संगठित भएका अधिकाश नेता कार्यकर्ता नेकपा एमालेबाट बिद्रोह गरेर आएका हुन। यसैगरी मंगलबार ६ नम्बर वडामा भएको भेलाले कृष्णबहादुर बिष्टलाई अध्यक्षमा चयन गरेको छ । विष्टको नेतृत्वमा पदाधिकारीसहित ३१ सदस्यीय कमिटी गठन भएको हो ।
दुवै वडाका पदाधिकारी तथा सदस्यहरूलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशव तिम्सिनाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
भेलामा नेकपा एसका १ नम्बर प्रदेश सदस्य लक्ष्मण चौधरी, दुर्गा कन्दङवा, युवराज कटुवाल, जिल्ला उपाध्यक्ष सिताराम पराजुली, नगर अध्यक्ष चन्दबहादुर मगर, सचिव पुष्पनारायण राजधामीसहित जिल्ला सदस्य नगरका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।
स्थानीय तहको चुनावमा आफ्नो वर्चस्व स्थापित गराउन बराहक्षेत्र नगरपालिका अन्य दलले टोल वस्तीमा संगठन बनाउदै गरेको अवश्था नेकपा एसका केन्द्रदेखि वडा तहका नेता कार्यकर्ता एकसाथ अभियान लिएर गाउँ पसेपछि मतदाता र राजनीतिक आस्था विचार बोकेका स्थानीय अगुवाहरूको सहभागीता समर्थन नेकपा एकीकृत समाजवादीप्रति अत्यधिक देखिन्छ । नेपाली काग्रेस, एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका कार्यकर्तासमेत नेकपा एसमा संगठित हुन थालेका छन ।