धरानः नेपाल कम्युनिष्ट पार्टी माओवादिको (विप्लव समुह) ले धरानका सुकुम्बासी बस्तीमा बसोबास गर्दै आएका भूमिहिनहरुको घरटहरा भत्काउने निर्णयको विरोध गरेको छ ।विप्लेव नेतृत्वको पार्टीले २०७२ सालको मापदण्ड कायम गरेर सुकुम्बासिको घरटहरा भत्काउने र उठिबास लगाउने निर्णय गरिएको भन्दै त्यस विरुद्ध कडा आन्दोलन गर्ने घोरणा गरेको छ ।

मंगलवार पत्रकार महासंघ सुनसरीकोे कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीका धरान उपमहानगर सेक्रेटरी सुवास राईले पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् ।

धरान स्थित राजनीतिक दलहरुको सहमतिमा सुनसरीका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरु र उपमहानगरपालिका मेयर, उपमेयरको उपस्थितिमा गएको महिना बसेको एक सर्वपक्षिय बैठकले २०७२ साल यता अनाधिकृत रुपमा बनेका घर टहरा हटाउने निर्णय गरेको हो र सोही अनुरुप धरान वडा ११ र १७ मा बसेका नयाँ बस्तीका सुकुम्बासीलाई जग्गा खाली गर्न सूचना समेत जारी गरैको छ ।

नगरपालिका र सर्वपक्षिय समितिको उक्त निर्णय विरुद्ध भूमिहिन सुकुम्बासीहरुले उच्च अदालत विराटनगरमा मुद्धा दायर गरेको छन । धरान स्थित प्रायः सबै राजनैतिक दल सहित उपमहानगरपालिका, जिल्ला प्रशासन, सुरक्षा निकायलाई विपक्षी बनाई दायर मुद्धा अहिले सुनवाईको क्रममा छ । मुद्धामा कतिपय पार्टीका पदाधिकारी समेतको नाम उल्लेख गरिएको बताइएको छ भने अदालतले विपक्षी झिकाउन म्याद जारी गरेको छ ।

पत्रकार सम्मेलनको आयोजना गर्दै विप्लव माओवादिले एक विज्ञप्ती समेत जारी गरेको छ । ज जारी विज्ञप्तीमा धरान उपमहानगरपालिका वडा नं. ११ र १७ का नमुना सुन्दर बस्तीमा रहेको एक हजार भन्दा बढी घरपरिवार बसोबास गरेको २०७२ सालभन्दा यताका बस्तीलाई उठाउने निर्णय गरेको भन्दै नागरिकको मौलिक हक हनन गर्दै उक्त बस्तीका गरिव सुकुम्बासीहरुलाई उठिबास लगाउने दलाल संसदीय व्यवस्थाका स्थानीय सरकार र यस कार्यमा संलग्न राजनीतिक दलको क्रियाकलापको विरोध गरिएको छ ।

विज्ञप्तीमा राजनीतिक दलहरु, उपमहानगरपालिका, प्रशासन सहित सुरक्षा निकायबाट २०७२ सालको मापदण्ड कायम गरी भएको निर्णय गरिब दुःखी जनताको घरबास नै उठिवास गराउने गैरजिम्मेवार निर्णय भएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरिएको छ । निर्णलाई नसच्याए आन्दोलनमा जाने माओवादिले संकेत गरेको छ ।

यस्तो छ विज्ञप्तीको पुर्ण पाठ
इतिहासको विभिन्न कालखण्डमा नेपाल राष्ट्रको स्वाधीनता र आम नागरिकको मुक्ति समानताका लागि नेपाली जनताले कुनै न कुनै तवरले संघर्ष गर्दै आइरहेको कुरा स्पष्ट जनाको बलिदानी, रगत पसिना र आँसुले ल्याएको परिवर्तित संसदीय व्यवस्था आज लाजवादी व्या पतन भइसकेको छ। यसका विरुद्धमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी निरन्तर संघर्ष गर्दै आइरहेको सवैमा सर्वविदितै छ ।
वर्तमान दलाल संसदीय व्यवस्था, यसका पक्षधर राजनीतिक दलहरु र उनीहरुको सनाले नेपाली जनता र राष्ट्रको हित गर्न सक्दैन बरु देशका ओत साधनदेखि नै विदेशी शक्तिराष्ट्रलाई बुझाउन र जनतालाई विभिन्न बहानामा लुट्ने र उठियास लगाउने कार्य गरिरहेको छ । जनताको भोट लिएर सताम्ब पुगेपछि सर्वसाधारण गरिब जनतालाई दुःख दिने कार्य यो आवस्थाका पक्षधर राजनीतिक दलहरू र यौ व्यवस्थाको नियत नै बनिसकेको छ ।
आज सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नं. ११ र १७ का नमुना सुन्दर बस्तीमा रहेको एक हजारभन्दा बढी घरपरिवारमाथि स्थानीय सरकार धरान उपमहानगरपालिका र संसदीय राजनीतिक दलहरुको हस्ताक्षरमा उक्त बस्तीको २०७२ सालभन्दा यताका बस्तीलाई उठाउने निर्णय गरी बस्ती खाली गर्न उदी जारी गरेको पाइएको छ ।
नागरिकको मौलिक हक हनन गर्दै उक्त बस्तीका गरिव सुकुम्बासीहरुलाई उठिबास लगाउने दलाल संसदीय व्यवस्थाका स्थानीय सरकार र यस कार्यमा संलग्न राजनीतिक दलको जनविरोधी हर्कतप्रति हाम्रो पार्टी घोर विरोध तथा आपत्ति व्यक्त गर्दछ ।
गरिब दुःखी जनताको घरबास नै उठिवास गराउने यस्तो गैरजिम्मेवार निर्णय एवमे कार्य तत्काल रोकियोस्। यदि यो कदम नसचिए हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीले गरिव, सुकुम्बासी बस्तीको पक्षमा जस्तोसुकै कडा आन्दोलन र संघर्षका अभियान छेड्न तयार रहेको र त्यसबाट सिर्जना हुने परिस्थिति र क्षतिको जिम्मेवारी धरान उपमहानगरपालिका र सम्बन्धित राजनैतिक दलले लिनुपर्ने यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछ ।चैतन्य प्रसाद सिटौला सहित राजनितिक दल र मानवअधिकारकर्मी बिच भएको छलफलमा आन्दोलन स्थगत गर्ने , लागुपदार्थ बेचविखनमा संलग्नलाई कारवाहि गर्नुपर्ने तथा पिडित परिवारलाई उचित क्षतिपुर्ति दिलाउने माग सहित संघर्ष समिति विघटन गरिएको थियो ।