विराटनगरः पछाडी पारिएको दलित समुदायको हक अधिकारका लागि निरन्तर कलम चलाउदै आएका पत्रकार गणेश लम्साललाई सम्मान गरिएको छ ।

७ र ८ चैतमा प्रदेश १ को राजधानी विराटनगरमा सम्पन्न पहिलो दलित जनप्रतिनिधिहरुको भेलामा नयाँपत्रिक दैनिकका प्रदेश १ का समाचार ब्युरो प्रमुख पत्रकार लम्साल सम्मानित भएका हुन् ।

५७ औ अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस ( २१ मार्च) को अवसरमा प्रदेश १ सरकार , समता फाउण्डेसन र रिडेफ नेपालले संयुक्त्त रुपमा अधिकार सुनिश्चित गराउका लागि आयोजना गरेको उक्त्त दलित जनप्रतिनिधिहरुको भेलामा पत्रकार लम्साललाई प्रदेश १ का प्रमुख परसुराम खापुङग , समाजिक विकास मन्त्री राजन राई र स्वास्थ्य मन्त्री जयराम यादवले उदघाटन सत्रमा सोमवार नगद र प्रमाण सहित सम्मान गरेका थिए ।

पत्रकार लम्सालले पछाडी पारिएको दलित समुदायको हक अधिकारका पक्षमा निरन्तर मुलधारका आमसञ्चार माध्यमहरुमा समाचार , फिचर र लेखहरु प्रकाशन गर्दै आएका छन् ।