धरानः स्थानीय तहको निर्वाचनको मिती नजिक आएसगै नेकपा एकिकृत समाजवादी धरानले टोल तहमा संगठन निमार्ण अभियानलाई व्यापकता दिन थालेको छ ।

सुनसरीको धरानका विकट गाउ वस्तीहरुमा नेकपा एकिकृत समाजवादीका नेता कार्यकर्ताहरु संगठन विस्तारका लागि जनताको घरदैलौमा गएसगै धराने जनताहरु नेकपा एसमा संगठित हुन थालेका हुन् ।

नेकपा एकिकृत समाजवादीकी केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज कमरेड सुषमा राई, केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज जिवन राई र धरानका अध्यक्ष रेवतीरमण राईको अगुवाईमा पुगेको पार्टीको अभियानको टोलीलाई धरान उपमहानगर वडा नम्बर ४ ढाडे तेलनपुरका स्थानियले भव्य स्वागत गरेका थिए ।

निर्वाचनपछि फर्किएर कुनैपनि राजनितिक दल नपुगेको सो टोलका स्थानीयहरु नेकपा एसको टोल कमिटीमा संगठित बनेका छन् ।टोल कमिटीको अध्यक्षमा खड्गबहादुर मगर, उपाध्यक्षमा अन्जना राई मगर, सचिवमा सन्तोष मगर, उप–सचिव चिनकाजी मगरसहित चयन भएका छन् ।

277168538_481950060056426_3567718648269994035_n

नवगठित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा एसकी केन्द्रिय सदस्य सुषमा राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।भेलामा बोल्दै केन्द्रिय सदस्य सुषमा राईले नेकपा एस विधि पद्धती र मुल्य मान्यता अनुसार संगठन निर्माण गर्ने पार्टी भएकाले जनताका आधारभुत आवश्यकताहरु पुरा गर्न समृद्ध नेपाल बनाउने अभियानमा जनताको साथबाट अगाडी बढने दल भएको बताइन् ।

भेलामा नेकपा एसका केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज कमरेड सुषमा राई, केन्द्रिय सदस्य तथा सुनसरी सह–इन्चार्ज जिवन राई र धरानका अध्यक्ष रेवतीरमण राई, जिल्ला सदस्यहरु कैलाश अग्रवाल, भोला श्रेष्ठ, गोविन्द विश्वकर्मा, इन्दु तुम्वाहाम्पे, धरान उपाध्यक्ष पदमा सुब्बा, सचिव खेमराज दाहाललगायतको सहभागीता रहेको थियो ।