बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले आफ्नो मतलाई अबमूल्यन गर्ने गरेको बताएका छन् । आज (सोमबार) राप्रपा सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको बृहत भेलालाई सम्बोधन गर्दै जनताले मत हाल्ने बेला होस गुमाउने गरेको बताएका हुन् ।

‘आजभोलि कुकुरको समेत लाखौं पर्छ, उनले भने, तर हामी एक लिटर पेट्रोल, एक प्लेट मासु र एक बोतल रक्सीमा आडमा भोट दिन्छौ ।’बराहक्षेत्रको चक्रघट्टीमा भएको सभामा बराहक्षेत्र नगर कार्यसमितिको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष लिङ्देनले दुई नम्बरी काम गर्ने ब्यापारी र कमिसन खाने नेताको घरमा नोट थन्किएकाले पैसाको अभाव हुने गरेको आरोप लगाएका छन् । ३१ वर्षदेखी देश बेरोजगार उत्पादन गर्ने कारखाना भएको बताउंदै उनले भने, विश्वमा १६र१७ वटा देश हुँदैखेर रहेको हाम्रो नेपाल आज नेपालजस्तो रहेको छैन्, यसको कारण गएको चुनावमा हामीले ठिक पार्टी र ठिक नेता चुन्न नसक्दा यस्तो भएको हो ।

३१ वर्षदेखी देशलाई नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले बन्धक बनाएको अध्यक्ष लिङ्देनको तर्क छ । उनले प्रश्न गरेका छन्, अब शेरबहादुर देउवा, केपी ओली, प्रचण्डलाई कतिपटक प्रधानमन्त्री दियो भने देश बनाउहुन्छ ?

आगामी स्थानीय चुनावमा जनताले मत हाल्दैगर्दा धेरैपटक सोच्नुपर्ने उनको भनाइ छ । भोट दिने भनेको त कुरा छोरी दिने भन्दा पनि ठूलो हो, त्यसैले जनताले मन र मतको कदर गर्नेलाई रोज्नुपर्छ, उनले भनें ।

कार्यक्रममा उनले देशमा कांग्रेस, एमाले, माओवादी पूर्ण रूपमा असफल भइसकेको औल्याएका छन् । उनले थपे,
देशलाई बचाउने हो भने कांग्रेस, माओवादी, एमालेसँग डिभोर्स गर्नुस् ।

आगामी स्थानीय चुनावबाट राप्रपाले जितेको पालिकाअन्तर्गतका विधालयमा दिनको एक घन्टी कम्प्युटरको व्यवस्था मिलाउने, बालकक्षालाई मन्टेश्वरी सरह बनाउने, शिक्षकलाई मासिक १५ हजार तलब दिने, १२ कक्षासम्म निशुल्क शिक्षा प्रदान गर्ने घोषणा समेत गरेका छन् । उनले भनेका छन्, राप्रपाले जितेको पालिकामा कोही दलित हुनेछैन, कोहि मालिक हुनेछैन ।

जिल्ला अध्यक्ष दुर्गा बहादुर बस्नेतकी सभादक्ष्यतामा भएको भेलाले ७ सय बढीलाई पार्टी प्रवेश गराएको राप्रपा बराहक्षेत्र नगरअध्यक्ष अर्जुन भट्टराईले जानकारी दिए । कार्यक्रममा पार्टीका महामन्त्री भुवन पाठक, प्रवक्ता ज्ञानेन्द्र शाही, सह प्रवक्ता दिनेश शाह, वरिष्ठ नेता रामकुमार सुब्बा लगायतले मन्तब्य राखेका थिए ।