बराहक्षेत्रः पछिल्लो समय संगठन बिस्तारमा सक्रिय रूपमा लागिरहेको नेपाली कांग्रेस बराहक्षेत्र ४ वडाकार्यसमितिले नेपाल विद्यार्थी संघको संयोजक तोकेको छ । स्थानीय मुकेश शाहलाई नेबिसंघ वडा संयोजकको रूपमा चयन गरिएको वडा सचिव सुबिन विश्वकर्माले बताए ।

वडाले आयोजना गरेको एक कार्यक्रम सनिवार अन्य दल परित्याग गरि आएका ४ जनालाई पार्टी प्रवेश समेत गराइएको बताइएको छ । पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेबाट रामचन्द्र राजधामी र गजेन्द्र सदा रहेका छन् । यस्तै स्वतन्त्र रूपमा आउनेहरूमा सीता सिवा र सुनिता शाह छन् ।

वडा पार्टी कार्यालय जमटोकीमा भएको कार्यक्रममा वडा सभापति नुतन धामीको सभादक्षय्ता रहेको थियो । पार्टी प्रवेशपश्चात नेकपा एमाले बराहक्षेत्र ४ का नेताहरुबाट आफूलाई र आफ्नो क्षमता, योगदानको अबमूल्यन भएकोले आफू कांग्रेस प्रवेश गरेको रामचन्द्र राजधामीले बताए ।

त्यस्तै, नेबिसंघ संयोजक मुकेश शाहले आफूले यस् वडामा यथासक्य पार्टीलाई सहयोग गर्ने बताउँदै नेबिसंघको समिति चाँडै तय गर्ने बताए । पार्टीका नेताहरु काशिराम चौधरी, मेघराज पराजुली, शुसिला खनाल पौडेल, नर्भदा पौडेल, देब कुमार चौधरी, गोपाल आचार्य लगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै शुभकामना मनतव्री राखेका थिए ।