झापाः काश्यप गोतृय अधिकारी बंश प्रतिस्ठानको पहिलो केन्द्रिय समितिको बैठक झापामा सम्पन्न भएको छ ।

बुटवलमा सम्पन्न छैटौं केन्द्रिय अधिबेशनबाट निर्वाचित समितिको कन्काइ नगरपालिका ४ मा अवस्थित केन्द्रिय कार्यलयमा सम्पन्न बैठकले ८ जना केन्द्रिय सदस्य समेत मनोनित गरेको छ ।

यसरी मनोनित हुनेहरुमा तनहुँ जिल्लाबाट टुकराज अधिकारी,लम्जुङबाट नबराज अधिकारी,गोरखाबाट मिना अधिकारी,प्युठानबाट सभासद समेत रहेका नारायणप्रशाद अधिकारी,सुनसरी जिल्लाबाट पवन अधिकारी,अछाम जिल्लाबाट ताराप्रशाद अधिकारी,पराशी जिल्लाबाट डिक बहादुर अधिकारी,मोरङ जिल्लाबाट तुलसी नारायण अधिकारी रहेका छन् ।

बैठकले सुनसरी र मोरङ बाट मनोनीत गरिएका पवन अधिकारी र तुलसी नारायण अधिकारीलाई सचिवालय सदस्य समेत रहने गरि केन्द्रिय सदस्य मनोनीत गरिएको केन्द्रिय अध्यक्ष नरेन्द्र अधिकारीले जानकारी दिए ।बैठकले ५२ सदस्यीय सल्लाहकार समिती समेत बनाइएको अध्यक्ष अधिकारिले बताए ।नेपालमा हाल २२ लाख माथिको हाराहारीमा अधिकारी बंश रहेको अनुमान गरिएको केन्द्रले जनाएको छ ।