सुनसरीः सुनसरीको धरान उपमहानगरपालिका १७ नम्बर वडामा भएको अगुवा भेलाले जगत श्रेष्ठको अध्यक्षतामा ५५ सदस्यीय वडा कमिटी गठन भएको छ ।
धरानमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले पछिल्लो सातादेखि पार्टी र जनसंगठन गठन पुर्नगठन अभियानलाई आक्रमक रुपमा अगाडी बढाउने क्रममा संगठन निर्माणलाई तिव्रता दिएको हो ।
नेकपा एस धरान १७ नम्बर वडाको भेलाले जगत श्रेष्ठको अध्यक्षमा ५५ सदस्यीय वडा कमिटी गठन गरेको छ । उपाध्यक्ष काम सिं तामाङ सचिवमा ऋषिराज आचार्य उपसचिवमा कमल रसाइली चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा असुष राई कल्पना लिम्वू, राजकुमार श्रेष्ठ, राजकुमार वराइली, अतित तामाङ, सुवास विक, लक्ष्मी दियाली, कुसुम घिमिरे, सन्तोष राई, मन कुमारी राई इशा लिम्वु रहेका छन् ।त्यसैगरी सर्मिला लिम्वु, गोमा सुनुवार, दिनेश सुनार, देविका मगर, असर राई शुष्मिता राई, मिनबहादुर मगर, रितेश श्रेष्ठ गोपी वस्नेत, अभिषेक चौधरी, विमल लिम्वू,चुलन राई उमा मगर,उमेश विक सन्जु राई लगायत रहेका छन् ।
नवगठित कमिटीलाई नगर अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । वडा भेलामा प्रदेश सदस्य तारा तामगादे, जिल्ला सदस्य आन्नद श्रेष्ठलगायतको सहभागीता रहेको थियो ।