धरानः नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी)धरान उपमहानगर धरान वडा नं२०को वडा भेलाले नवीन राईको अध्यक्षता वडा कमिटी गठन गरेको छ ।

धरान उपमहानगरपालिकामा संगठन निमार्ण अभियान अन्तरगत भएको भेलाले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कलम चुनाव चिन्ह भएका उम्मेदवारलाई विजयी गराउन टोल वस्तीमा संगठन निर्माण गर्ने प्रस्ताव पारित गर्दै वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीको उपाध्यक्षमा सरोज राई, सचिवमा बालकुमारी राई, उपसचिव पुर्णीमा राई चयन भएका छन । वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै जिम्मेवारीका बिषयमा निर्देशन दिएका थिए । भेलामा जिल्ला सदस्य आन्नद श्रेष्ठ, धरान सचिव खेमराज दाहाल, उपसचिव अमृता रमदान सेन्चुरी, राज कुमार राई, भुवनसिं राईलगायतको सहभागीता रहेको थियो ।