धरानः नेकपा एकीकृत समाजवादीको धरान उपमहानगर १५ नम्बर वडाको भेलाले रोशनी राईको अध्यक्षता वडा कमिटी गठन गरेको छ ।

धरानमा टोल, वस्ती र वडामा संगठन निर्माण अभियान चलाएको नेकपा एसले एक सातादेखि नेकपा एमालेको किल्ला भत्काउदै भ्रम र भुलवस एमालेमा बसेका नेता कार्यकर्तासगै अन्य दलका नेता कार्यकर्ता भित्र्याउने क्रमले तिव्रता पाएको हो । धरान १५ नम्बर वडा भेलाले उपाध्यक्षमा गंगा गिरी, सचिवमा अशोक वि क उपसचिवमा राम कुमार लिम्बु रहेको ५५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।

वडा कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई धरान अध्यक्ष रेवतीरमण राईले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै जिम्मेवारीका बिषयमा निर्देशन दिएका थिए । भेलामा जिल्ला सदस्य आन्नद श्रेष्ठ, धरान सचिव खेमराज दाहाल, उपसचिव अमृता रमदान सेन्चुरीलगायतको सहभागीता रहेको थियो । भेलाले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरानमा कलम चुनाव चिन्ह भएका उम्मेदवारलाई विजयी गराउन टोल वस्तीमा संगठन निर्माण गर्ने प्रस्ताव पारित गरेको छ ।