दुहबीः सुनसरीको दुहबीमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको दुहबी नगर भेलाले रामप्रसाद राईको अध्यक्षतामा नगर कमिटी घोषणा गरेको छ।
नेकपा एमालेबाट विद्रोह गरेर नेकपा एकिकृत समाजवादीमा समायोजन भएका सयौ नेता कार्यकर्ताहरुको शनिबार भएको नगर भेलाले राम प्रसाद राईको अध्यक्षतामा नेकपा एसको ३१ सदस्य दुहबी नगर कमिटी गठन गरेको हो ।

नेकपा एस दुहवी इन्चार्ज सुमन भट्टराईका अनुसार दुहबी नगर कमिटीको उपाध्यक्षमा मुकेश ढकाल, सचीवमा सुशील गिरि, उप–सचिवहरु गोमा सांपकोटा, भुपेन्द्र गच्छदार र दर्शन राई चयन भएका छन् ।नगर कमिटी सदस्यहरु रेखा साही, बिष्णु श्रेष्ठ, मनोज कुमार रौनियार,सागर मेहता,सुवास चन्द शाह रहेका छन् ।यसैगरी माया गिरि, बिना कार्की, कविता श्रेष्ठ, सुनिता उराँव, लक्ष्मी चौधरी, निकिता अधिकारी, शारदा कार्की लगायतहरु सदस्यमा चयन भएका छन् ।

276146555_480664760184956_8758609977034610015_n

दुहबी नगर कमिटी इन्चार्ज सुमन भट्टराईको अध्यक्षता मा भएको नगर भेलामा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रिय सदस्य केशव बिष्ट, नेकपा एसका सुनसरी अध्यक्ष गोबिन्द निरौला, नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य संदिप राई, नेकपा एसका प्रदेश सदस्यहरु रेखा खतीवडा, दिवाकर रेग्मी, जिल्ला सदस्य रोशन कार्की लगायतका नेताहरुले नव गठित कमिटीलाई शुभकामना दिंदै दुहबीमा युबाहरुलाई समेटेर वडा कमिटी गठन गर्दै लैजानुपर्नेमा जोड दिएका थिए ।

यसैगरी दुहवीमा भएको युवा भेलाले उमेश माझीको अध्यक्षतामा २१ सदस्य नगर कमिटी गठन भएको छ ।दुहवीमा भएको महिला भेलाले अखिल नेपाल महिला संघ समाजवादीको दुहवी अध्यक्षमा गोमा सांपकोटा अध्यक्षता रहने गरि ५१ सदस्य नगर कमिटी गठन गरिएको छ। नेपाल खेलकुद महासंघ समाजवादीको दुहवी नगर अध्यक्षमा सागर मेहता चयन भएका छन । खेलकुद महासंघमा ५१ सदस्य कमिटी गठन गरिएको छ।