बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका स्थित चतरामा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको घटनास्थलमै ज्यान गएको छ । ज्यान जानेमा बराहक्षेत्र २ नम्बर वडा निवासी ३० वर्षीय अमित पाण्डे रहेको जनाइएको छ ।
मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल लगिसकिएको बताइएको छ । घटनाबारे थप विवरण आउन भने बाकी रहेको छ ।