इटहरीः शहरमा घोषित स्थानीय तहको निर्वाचनले छपक्कै छोप्दै गर्दा हामीले यस पटक इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा अघिल्लो स्थानीय तहको निर्वाचनको चुनावी नतिजा लिएर आएका छौं ।
२०७४ मा भएको स्थानीय तहको निर्वाचनमा इटहरी उपमहानगरपालिकाको वडा नम्बर ६ बाट ७ जनाले प्रतिस्पर्धामा भाग लिएका थिए । ७ जना वडा अध्यक्षका प्रतिस्पर्धीबाट नेपाली कांग्रेसका दिपक गौतमले जित हासिल गरेका थिए भने अरु ६ जना प्रतिस्र्धाबाट बाहिरिएका थिए ।
नेपाली काँग्रेसबाट चुनावी प्रतिस्पर्धामा आएका दिपक गौतमको प्रतिस्पर्धा प्रेम बस्नेतसँग भएको थियो । प्रेम बस्नेत नेपाल कम्युनिष्ट पार्टी एमालेबाट टिकट पाएर वडा अध्यक्षमा प्रतिस्पर्धा गरेका उम्मेद्धवार हुन् ।दिपक गौतमले ९४८ मत ल्याउँदा प्रेम बस्नेतले ९३१ मत ल्याएका थिए । यी दुई प्रतिस्पर्धीको मत जम्मा १७ को मात्रै फरक देखिन्छ ।
तेस्रो भुमिकामा देखिएका विष्णु प्रसाद रिजाल राप्रपाका उम्मेद्धवार थिए । रिजालले ३५५ भोट ल्याएका थिए भने चौथो स्थानमा देखिएका उम्मेद्धवार नेकपा माओवादी केन्द्रका कृष्ण प्रसाद सापकोटा हुन् । सापकोटाले १२५ मत ल्याएर चौथो स्थानमा आफुलाई देखाए भने संघीय समाजवादी फोरमका उम्मेद्धवार सुरेश प्रसाद यादवले १२ मत ल्याए । उता नेपाल परिवार दलबाट उम्मेद्धवार बनेका श्याम शर्मा देवकोटाले जम्मा २ मत ल्याए भने छैठौँ वरियतामा देखिएका स्वतन्त्र उम्मेद्धवार जानुका झाले जम्मा ४ मत प्राप्त गरिन् ।
त्यसैगरी वडा नम्बर ६ को वडा सदस्यहरुमा महिला सदस्यमा नेकपा एमालेकी भद्र थापा मगरले १०३१ मत प्राप्त गरेकी थिइन् । मगरसँग प्रतिस्पर्धामा देखिने नेपाली काँग्रेसकी उम्मेद्धवार अम्विका देवी श्रेष्ठले ८९७ मत पाएकी थिइन् भने राप्रपाकी उम्मेद्धवार भगवती थापाले २५३ मत पाएकी थिइन् ।
महिला सदस्यमा नयाँ शक्ति पार्टीकी सविना कार्की र माओवादीकी उमा राईले पनि प्रतिस्पर्धा गरेका थिए तर उनिहरुले क्रमश १३ र १७१ मत पाए । उता दलित महिला सदस्यमा एमालेकी कमला विकले जित हासिल गरेकी थिइन् । विकले १०२८ मत पाएकी थिइन् भने निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसकी शिला देवी विश्वकर्मा दुलालले ९३२ मत पाएकी थिइन् ।
त्यसैगरी वडा नम्बर ६ को सदस्यमा नेकपा एमालेका उम्मेद्धवारद्धय अरुण गुरुङ्ग र नारायण प्रसाद आचार्यले जित हासिल गरेका थिए । गुरुङ्ग र आचार्यले क्रमश १०१६ र ९६७ मत पाएका थिए भने उनिहरुका प्रतिद्धन्दी नेपाली काँग्रेसका केशव कुमार कार्की र उदय सुव्वाले ९२४ र ९१५ मत पाएका थिए ।