रामधुनीः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले रामधुनी वडा नम्बर १ मा वडा कमिटी निर्माण गरेको छ ।
मंगलबार एक कार्यक्रमका बीच नेकपा एसले ४१ सदस्यीय वडा कमिटी घोषणा गरेको हो ।
एसको वडा कमिटी अध्यक्षमा ममता दंगाल, उपाध्यक्षमा सितादेवी सरदार र सचिवमा कुलबहादुर गुरुङलाई चयन गरको पार्टी रामधुनी नगर कमिटी सचिव रोशन खड्काले प्रदेश पोर्टललाई जानकारी दिए ।
स्थानीय निर्वाचन नजिकिएसँगै नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसले रामधुनीमा वडा कमिटी निर्माण धमाधम गरिरहेको छ ।