बराहक्षेत्रः राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरी जिल्ला कार्यसमितिको आयोजनामा बृहत् आमसभा हुने भएको छ ।

बराहक्षेत्र ६ स्थित चक्रघट्टी बसपार्कमा हुन लागेको आमसभाका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रिय सदस्य रेखा थापा र पुर्वमन्त्री रामकुमार सुब्बा लगायतका वक्ताहरुले उपस्थित हुने भएका छन् ।

चैत्र ७ गते हुने कार्यक्रममा वक्ताहरुले एमसीसी सम्झौता विरोध गर्ने राप्रपा बराहक्षेत्र नगरअध्यक्ष अर्जुन भट्टराईले बताए । उनकाअनुसार उक्त भेला नगर कार्यसमितिको समन्वयमा हुने छ । साथै, पार्टी प्रवेश कार्यक्रम समेत रहेको अध्यक्ष भट्टराईले बताएका छन् ।