इटहरीः विदेशमा श्रम गरेर फर्केका नेकपा एमाले समर्थित रामधुनीबासीहरुको भेला सोमबार रामधुनीको झुम्का स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न भएको छ ।

भेलाले विष्णु पौडेलको अध्यक्षतामा रिटर्नी फेडेरेसन नेपाल रामधुनी कार्यसमितिको समेत गठन गरेको छ । भेलाले पाँच सदस्यीय पदाधिकारी सहित १७ जनाको पुर्ण कमिटि गठन गरेको रिटर्नी फेडेरेसन सुनसरीका सचिव खेमराज पौडेलले जानकारी दिए ।

नव गठित कमिटिको उपाध्यक्षमा लक्ष्मण कार्की र सचिवमा पर्शुराम चौधरी चयन भएका छन् । यसैगरी उपसचिवमा संदिप पौडेल र कोषाध्यक्षमा मंगलसिंह तामाङ्ग चयन भएका छन् ।

275598617_1838561699675297_8525557317064555756_n

फेडेरेसनको सदस्यहरुमा संजय साह, प्रकाश चौधरी, सुरेश चौधरी, बिराजमान राई, भुवन विक, चन्द्र बहादुर बस्नेत, निश्चल प्रद्यान, युवराज बस्नेत, सुरेस चौधरी, प्रेम चौधरी, प्रदिप चौधरी र कारेलाल चौधरी रहेका छन् ।

रामधुनीका सबै नगरमा रहेका र वैदेसिक रोजगारीबाट फर्की आएका नेपालीहरुलाई गोलवद्ध गर्ने क्रममा रामधुनी नगरकमिटिको गठन गरिएको फिडेरेसनका जिल्ला सचिव खेमराज पौडेल बताउँछन् ।

कार्यक्रम नेकपा एमालेका सुनसरी जिल्ला उपसचिव राम कोइरालाको प्रमुख आतिथ्यमा भएको थियो भने कार्यक्रमको अध्यक्षता रिटर्नी फेडेरेसन नेपाल सुनसरीका अध्यक्ष दुर्गा गिरीको सभापतित्वमा सम्पन्न भएको थियो ।