इटहरीः रामधुनी नगरभित्रमा हप्तादिनकै अन्तरालमा बालबालिका सम्बन्धिका दुई वटा घटना बाहिर आएका छन् ।
गत हप्ताको शुरुमै रामधुनी नगरपालिका वडा नम्बर ३ कि एक ७ बर्षिया बालिका माथि बलात्कार गरेको घटना बाहिर आयो भने शनिवार रामधुनी नगरपालिका वडा नम्बर ३ कै एक ११ बर्षीया बालिकाले देहत्याग गरेको समाचार बाहिर आएको छ ।
गत फागुन २२ मा रामधुनी नगरपालिका वडा नम्बर ३ मा ७ बर्षीया बालिकालाई उनकै छिमेकी विश्वमणि आचार्यले बलात्कार गरेको पिडित बालिकाले बताएकी थिइन् ।
आचार्यले मोवाईल चलाउन आएकी बालिकालाई ललाई फकाई चकलेट र पैसा दिन्छु भन्दै बलात्कार गरेको बालिकाले बताएकी छिन् । छोरी बलात्कृत भएको समाचार बाहिर आउनासाथ औषधि सेवन गरिरहेको उनका बाबुले आत्महत्या गरेका थिए ।
यता फागुनकै २८ गत रामधुनी नगरपालिका वडा नम्बर ३ कि अर्की ११ बर्षीया बालिका भुमिका चौधरीले झुण्डिएर आत्महत्या गरेकि छिन् । चौधरीले साथीहरुसँग घुम्न जाने आफ्नो मागलाई परिवारले वेवास्ता गरेको भन्दै आत्महत्या गरेको थाहा हुन आएको छ । कक्षा ५ मा अध्ययनरत छात्रा एकदमै मेहनती र अतिरित्त क्रियाकलापमा समेत सक्रिय रहेको उनी अध्ययनरत विद्यालय आरम्भ विद्या मन्दिरले बताएको छ ।
बालमैत्री नगरको धुमधाम घोषणा भएको ५ महिना बित्न नपाउँदै नगरक्षेत्रमा भएका दुई वटा बालबालिका सम्बन्धि घटनामा न त कुनै संघसंस्थाले आवाज उठाएको पाइएको छ न त कुनै राजनितिक दलले नै मुख खोलेका छन ।
आइतबार झुम्का जेसिजले एकै महिनामा २ वटा बालबालिका सम्बन्धि घटना भएको भन्दै आफु घटनाबाट मर्माहत भएको भन्दै एक विज्ञप्ती सार्वजनिक गरेको छ । बालमैत्री नगर घोषणा भई विशिष्ट पहिचान बनाएको समुदायमा पनि अबोध बालिका छिमेकीबाटै बलात्कार हुनु र कलिलो उमेरकी अर्की बालिकाले आत्महत्या गर्न बाध्य हुनु समस्य विद्धिजिवी , नागरिक समाजका लागि ह्दय विदारक र अकल्पनीय रहेको जेसिजले बताएको छ ।
मानव सभ्यता विपरीतका अपराधिक घटनाहरुको सत्य तथ्य पत्ता लगाई नेपालको संविधानले आधारभुत अधिकारको रुपमा पत्याभुत गरेको बालबालिकाको बाच्न पाउने अधिकार संरक्षण प्राप्त गर्ने अधिकारको सुनिश्चितता गर्न सम्बन्धित पक्षलाई झुम्का जेसिजले माग गरेको छ ।
प्रदेश पोर्टलसँगको कुराकानीमा झुम्का जेसिजको बर्ष २०२२ का अध्यक्ष द्धारिका घिमिरे सुवोधले बालिका बलात्कार र आत्महत्याको फरक फरक घटना एकै ठाउमा घट्नु निकै असामान्य भएको दुखको कुरा सम्बन्धित घटना भनौ अपराधलाई लिएर कुनै जिम्मेवार संघ सन्स्थाले विरोध नगरेको भन्दै यस्तो हुनु अत्यन्त दुःखदायी भएको टिप्पणी गरेका छन् ।
घिमिरेले हाम्रो समाजको संबेदनशिलता निकै कठोर भएको महशुस गर्दै नगरका सम्बन्धित पक्षलाई ध्यानकर्षण गराउन विज्ञप्ती जारी गरेको बताए । “ हुन त बिज्ञपति मात्रैले केही हुने होईन तर हाम्रो प्राथमिकताको बिषयलाई र आवश्यकतालाई आवाज उठाउन नस्क्ने हो, भने मर्यादित समाजको अवधारणामा ठेस पुग्छ भनेर यो घटना प्रती मौन बसेका स्थानिय दल, बुद्दिजिवी, अधिकार कर्मीहरुको सक्रिय सहभागिताको अपेक्षा गर्दै यो निकालेको हाँै ।” घिमिरेले भने ।
बालबालिकामाथि हुने गरेका यस्ता घटना न्युनिकरण हैन शुन्य नै बनाउने पर्ने बताउने झुम्का जेसिजका अध्यक्ष घिमिरेले यो प्राकृतिक घटना नभई मानवीय अपराध भएको टिप्पणी गरे । आफुलाई परेपछि मात्रै ठाडा कान लगाउने प्रवृतितर्फ इंकित गर्दै घिमिरेले सतहमा आए पछि मात्र यस्ता अपराधका घटनाहरु सुनिने गरेको बताएका छन् ।
यस्ता घटनाको निरुपण गर्न सचेतना चाहिने बताउने घिमिरे लक्षित समुह, समुदाय बिधालय, संघ सन्स्थाले खुल्ला रुपमा यस्ता अपराधहरुका बिरुद्द छलफल बहस गर्नुपर्ने आवश्यकता औल्लाउछन् । सम्भावित जोखिममा रहेका हरुको पुर्व पहिचान गर्ने सन्यन्त्र चाहिन्छ । द्धारिकाकै भाषामा भन्ने हो भने पहिचान भएकाहरुको परिचय गोप्य राखि सम्बन्धितलाई हौसला हुने गरि परामर्श सेवा, मनोविमर्श सेवा, सकारात्मक सोच र सहभागिताको अवसर सिर्जना गरि प्रोत्साहन गर्नुपर्छ । अनिमात्रै यस्ता घटनाहरु समाजबाट बिस्तारै निर्मुलहुदै जान्छन् ।
हाम्रो समाज ब्यापार मुखी हुदा सम्बन्धहरुमा फाइदा र घाटा हिसाब किताब गर्न थाल्ने परिपाटी तुरुन्त अन्त गर्नुपर्ने झुम्का जेसिजको भनाई छ । यसैगरी रामधुनी नगरपालिकाको नमुना नगर बाल सञ्जालले पनि सोमबार एक विज्ञप्ती जारी गर्दै १० औँ बाल मैत्री नगर घोषणा भइसकेको अवस्थामा विशिष्ट पहिचान बोकेको समुदायमा पनि अबोध बालिका छिमेकिबाटै बलात्कृत हुनु र कलिलि अर्की बालिकाले आत्महत्या गरेर देहत्याग गर्न बाध्य हुनु समस्य समाजका लागि हृदय विदारक र अकल्पनिय रहेको बताएको छ ।
नगरबाल सन्जालका अध्यक्ष सुगम झा र सचिव छविरमण दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा बालबालिकाको बाँच्न पाउने अधिकारको संरक्षण प्राप्त गर्ने अधिकारको सुनिस्चितता गर्न स्थानिय सरकार, सुरक्षाकर्मी र शिक्षा क्षेत्रमा काम गर्ने संघ सस्था र राजनितिक दलको ध्यानाकर्षण गराइएको छ ।
यस्तो घटनाले सम्बन्धित परिवार, समुदाय र वालबालिकाहरुमा भय र त्रासबाट परेको मानसिक चोट संम्बोधन गर्न मनोसामाजिक परामर्श सेवा तथा सचेतनामुलक क्रियाकलापहरुको आयोजना गर्नुपर्ने रामधुनि नगरपालिका बालमैत्री नगरका सम्पर्क व्यक्ति अमन ढुगेँलको भनाई छ ।
देहत्याग गरेको समाचारबाट आफुहरु मर्माहत बनेको आरम्भ विद्यामन्दिरका एकेडेमिक डाइरेक्टर हरि रायमाझिले बताएका छन् । रायमाझिले अवको दिनमा यस्ता घटनालाई निरुपण गर्न अभिभावकहरुलाई विद्यालयमै बोलाएर मनोपरामर्शको कार्यक्रम गर्ने बताए ।