इटहरीः सप्तकोसी नदीहुँदै तस्करी भइरहेको अवस्थामा उदयपुरको वेलका नगरपालिका–८ बाट ४ सय किलोग्राम लागूऔषध गाँजा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तकोसीको चतरा पुलभन्दा ७ मिटर उत्तरतर्फबाट ९ वटा बोरामा प्लास्टिकले बेरेर चेफा ९बाँसको चाङबाट बनाइको डुङ्गामा हालेर दक्षिणतर्फ लाँदै गर्दा तस्कर भने फरार भएको सशस्त्र प्रहरी निरीक्षक सुमन बुढाथोकीले बताए ।
‘प्रहरी टोली देखेपछि तीनरचार जना तस्कर नदीमा हाम फालेर फरार भएको र खोजी कार्य जारी छ,’ उनले भने । सशस्त्र प्रहरी नम्बर ५ गणका गणपति प्रहरी उपरीक्षक कृष्णराज अधिकारीले आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई गाँजा बुझाइएको बताए । यसअघि पनि वेलका–८ सिरुवानीबाटै ४ सय किलोग्राम लागूऔषध गाँजासहित ३ युवक पक्राउ परेका थिए ।