बराहक्षेत्रः कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सुनसरी जिल्ला अध्यक्षमा किरण चौलागाईं चयन भएका छन् ।
आज (सनिवार) इनरुवामा सम्पन्न भेलाबाट चौलागाईंको नेतृत्वमा ३७ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको हो । आजको भेलाले चौलागाईंलाई अध्यक्षमा चयन गरेसँगै आगामी बैठक बाट अध्यक्षले अन्य पदाधिकारी मनोनयन गर्न सक्नेगरी आजको भेला सम्पन्न गरिएको बताइएको छ ।

राम बिलास मेहताको सभादक्ष्यतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु शंकर थापा गाउले, खेम ओझा, दुर्योधन निरौला, चन्दन कुमार चौधरी, पुर्व केन्द्रिय सदस्य डम्बरबहादुर घिमिरे लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नवगठित अध्यक्ष चौलागाईं राप्रपाबाट कमल थापा अलग भएपछि अलगिएका नेता हुन् । यसअघि उनी राप्रपा राप्रपाका सुनसरी क्षेत्र नम्बर ४ क अध्यक्ष थिए ।