रामधुनीः स्थानीय तहको निर्वाचन नजिएसँगै नेकपा (एकीकृत समाजवादी) पार्टीले रामधुनीमा सक्रियता बढाएको छ ।
शुक्रबार नेकपा एसले रामधुनी वडा नम्बर ४ मा अनरलाल दास हरिजनको अध्यक्षतामा ७५ सदस्यीय वडा कमिटी निर्माण गरेको छ ।

नेकपा एमाले विभाजित भएर बनेको नेकपा एसले रामधुनीका २ ओटा वडामा वडा कमिटी निर्माण गरिसकेको छ भने अन्य वडामा पनि आउँदो चैत्र १५ भित्र कमिटी निर्माण गरिसक्ने योजना बनाएको छ ।

3 yess

यसअघि एसले वडा नं ३ मा हेमनारायण चौधरीको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी निर्माण गरेको थियो । वडा नम्बर १, ५, ६ र ७ मा वडा कमिटी निर्माणको काम अन्तिम तयारीमा रहेको र घोषणा हुन मात्र बाँकी रहेको पार्टी प्रदेश कमिटी सदस्य सिताराम घिमिरेले जानकारी दिए ।

रामधुनीका ९ ओटै वडामा वडा कमिटी निर्माण गरेर आगामी चैत्र १५ पछि टोल–टोलमा समेत संगठन बिस्तारमा लाग्ने एसको योजना छ । आउँदो चुनावमा एमाले पार्टी बाहेकका अन्य पार्टीहरुसँग गठबन्धन गरेर स्थानीय सरकारमा आफ्नो उपस्थिति बनाउँने योजनामा आफुहरु रहेको पार्टी नगर सचिव रोशन खड्का बताउँछन् ।