इटहरीः संखुवासभाको मादिमा आज बिहिबार भएको बस दुर्घटना हुँदा मृ्त्यु हुने १४ जनाको सनाखत भएको छ ।
संखुवासभाबाट तराई तर्फ आउँदै गरेको बा४ख ७३५ नम्बरको रेशम फिलिलि नाम गरेको बस संखुवासभाको मादी नगरपालिका वडा नं। ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा गाडीमा चालक, सहचालक सहित १४ जनाको नाम बाहिर आएको छ भने ५ जना घाइतेको साम समेत प्रहरीले सार्वजनिक गरेको छ ।
मृत्यु हुनेमा संखुवासभाको मादि नगरपालिका वडा नम्बर ६ कि अन्जना कटुवाल, सोहि नगरपालिका वडा नम्बर ५ का दिपक दाहाल, वडा नम्बर ६ का ३८ बर्षिया इन्द्र बहादुर अधिकारी, वडा नम्बर ४ का उमेश भटराई, वडा नम्बर ४ कै ३८ बर्षिय आइत बहादुर तामाङ्ग, ३५ बर्षिय सविता राउत कार्की, वडा नम्बर ५ का श्याम शेर्पा, वडा नम्बर ५ कै भवानी दाहाल, वडा नम्बर ६ दिक ५ बर्षिया दिक्षा कटवाल, तेह्रथुम जिल्ला औशी डाडाँका विपिन निरौला रहेको बताइएको छ । निरौला सवारी चालक र सवारीका धनि समेत हुन यसै गरी घटनाबाट नाम थर नखुलेका १ पुरुष , २ महिला र एक बालक गरी ४ जनाको सनाखत भएको छैन ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । धाइते हुनेमा संखुवासभाको मानि नगरपालिका ५ बस्ने ३० बर्षिया सुभाष गोले र मादि नपाकै तुलसा कटुवाल, वडा नम्बर ६ कि अम्बिका विक, वडा नम्बर ६ का डम्बर बहादुर कार्की र वडा नम्बर ५ का युका पोखरेल रहेको संखुवासभा प्रहरीले जनाएको छ ।
बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार करिब २५ जना यात्रुसहितको बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो । मृतक र घाइतेको हिसाव गर्दा १९ जनाको नाम बाहिर आएको छ भने बाँकी जानकारी आउन बाँकी छ ।