इटहरीः इटहरीका जनप्रतिनिधिहरुको अवधि सकिन लाग्दा बिभिन्न विकासे योजनाहरु उद्घाटन र शिलन्यास हुने क्रम जारी रहेको छ । मंगलबार र बुधबार पाँच वटा कालोपत्रे सडक उदघाटन गरिएको छ ।

वहुवर्षे योजना अन्र्तगतका सडकहरुको उदघाटन गरिने क्रम जारी छ । बुधबार पूर्व मुख्यमन्त्री तथा प्रदेश नम्वर १ एमाले संसदीय दलका नेता भीम आर्चायले १४१ वर्ष सम्म वाँचेका नेपालकै जेष्ठ नागरिक वीर नारायण माझीको स्मृतिमा इटहरी उपमहानगरपालिकाले निर्माण गरेको वडा नम्वर १० र ११ जोडने वीरनारायण माझी मार्ग उदघाटन गरे । बुधबार नैवडा नम्वर १० टावर देखि आमझोकी सम्मको करिव आठकिलोमिटर सडक उदघाटन गरे ।

मंगलबार पूर्व मूख्यमन्त्री आर्चायले वडा नम्वर १८ वडहरा देखि वडा नम्वर २०को तरहरा जोडने सडक ६Þ.१ किलोमिटर सडक,वडा नम्वर १७ को व्रम्हपुरदेखि वडा नम्वर १९ मझौरा सम्मको ३.८२ किलोमिटरसडक र वडा नम्वर १ र ५ जोडने १.२ नमूना सडकको उदघाटन गरे । प्रमुख अतिथि आर्चायले इटहरीले वाटो घाटो लगायत भौतिक पूर्वाधारमा राम्रै फकडो मारेको वताए ।

उनले द्धारिकलाल चौधरी नेतृत्वको इटहरीको जनप्रतिनिधिले विकास निर्माणका गरेका कार्यको प्रशंसा गरे । कार्यक्रमका विशिष्ठ अतिथि प्रदेश सांसद लिलम वस्नेतले इटहरीले पाँच वर्षमा विकासको छलाङ्ग मारेको पाएको वताए । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले एक वर्षको वजेटले मात्र काम नहुने देखेर गाँउ गाँउका जनता सँग छलफल गरेर तीन वर्षको वजेट जोहो गरि वहुवर्षे सडक निर्माण गरिएको जानकारी दिए ।

275222149_481010767022822_8586244520567420434_n

४२ किलोमिटर वाहिरी चक्रपथ निर्माणका लागि पहल गरिदिन पूर्वमुख्यमन्त्री आर्चाय सँग आग्रह गरे । मंगलबार भएको कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले पाँच वर्षमा जनताको आधारभूत तहको आवश्यकता सम्वोधन गर्ने गरि विकास गरिएको वताइन् । उनले जनताको अनुहारमा खुशीयाली ल्याउँछौ भनेर गरिएको प्रतिवद्धता पूरा भएको वताए । प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले गाँउ गाँउमा वनेका सडकले जनताको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने विश्वास ब्यक्त गरे ।

छुटटाछुटटै पाँच ठाँउमा भएका उदघाटन कार्यक्रममा इटहरीका वडाध्यक्षहरु प्रकाश चौधरी,रुपेश चौधरी, रामकुमार चौधरी श्री नारायण चौधरी,कल्याण कार्की, मणिराम श्रेष्ठ,कार्यवाहक वडाध्यक्ष निश्चल पोखरेल लगायतले गाँउ गाँउमा सडक पुगेपछि जनताले उपमहानगरवासी भएको अनुभूत गर्न पाएको वताए ।