इटहरीः रामधुनी नगरपालिका, झुम्का जेसिज, लायन्स क्लव अफ रामधुनी सिटि र नगर महिला सञ्जाल रामधुनीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ ।
“सामाजिक न्याय, लैङ्गिक समानता, दिगो विकासको शुनिश्चितता” भन्ने नारा सहित सुनसरीको रामधुनी नगरपालिकामा ११२ औ अन्तराष्ट्रिय नारीदिवस विभिन्न सचेतना मुलक कार्यक्रम सहित मनाईएको हो ।
कार्यक्रममा सामाजिक न्याय, लैगिंक समानता, दिगो विकासको शुनिश्चितता भन्ने नारा तथा प्लेकार्ड सहित स्थानीय जनप्रतिनिधि, महिला अधिकार कर्मी, सामाजिक संघ संस्था, बिद्यालयका शिक्षक शिक्षिका सहितको उपस्थितिमा नगर परीक्रमा गरीएको थियो । कार्यक्रमलाई सहभागिता मुलक बनाउन महिला श्रमिकहरुको सहभागितामा कुर्सी घुमाई खेल, शोषण र दुव्र्यवहारको प्रतिक हण्डि फुटाउने खेलको समेत आयोजना गरिएको थियो ।
कार्यक्रमले रामधुनी नगर क्षेत्रमा बिद्युतिय सवारी चलाउने महिला चालकहरुलाई खादा तथा प्रमाण पत्र सहित सम्मान गरेको थियो । झुम्का जेसिजका अध्यक्ष द्धारिका घिमिरेले सामाजिक न्याय, लैङ्गिक समानता, दिगो विकासको शुनिश्चितता बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुतिका क्रममा घिमिरेले बढ्दो सुचना प्रविधि र बैदेशिक रोजगारीको पहुच बृद्धि हुनुको सकारात्मक प्रभाव सगै प्रविधिका माध्यम बाट हुने घटनाक्रम प्रति सचेतना अभावको कारण महिला तथा बालबालिकाहरुमा नकारात्मक प्रभाव परेको बताए । तिकै नकारात्मक प्रभावको फलस्वरुप तनाव, मानसिक चिन्ता तथा अन्तरब्यक्ति सम्बन्धहरुमा दरार आएर अकल्पनीय अवस्था देखा पर्ने घटनाक्रमहरु बृद्धि भएको समेत सुनाए ।
जलवायु परीवर्तनका प्रभावहरुले विभिन्न प्रारुपमा सामाजिक समानताको लक्ष्य हासिल गर्न चुनौति सिर्जना गरेको तथा आन्तरीक र बाह्य बसाई सराईका कारण निम्न आय भएका परिवारका महिला, बालबालिकाहरु स्वदेश वा बिदेश दुवै क्षेत्रमा जोखिम पुर्ण श्रममा संलग्न क्रम बढ्दा लैङ्गिक असमानता र दुव्र्यहारका घटनाहरु बृद्धि हुदै गएका उदाहरणहरु प्रस्तुत गरेका थिए ।
रामधुनी नगरपालिकाकी उपमेयर सविना चौधरीको सभापतित्वमा संचालित कायर्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल बहादुर थापा सहित उपस्थित वक्ताहरुले आफ्नो धारणा सहित कार्यपत्रमा गरेका थिए ।
कार्यक्रममा रामधुनी नगर क्षेत्रका झण्डै अढाइ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट सहभागीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरिएको थियो । सहभागिहरुले महिला अधिकार तथा सामाजिक समानता शिर्षकमा रचना समेत बाचन गरेर कार्यक्रमलाई भव्य बनाउन सहयोग गरेका थिए ।