बराहक्षेत्रः भरौल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको साधारणसभा पश्चातको छलफलमा नेकपा एमालेको हठका कारण सोमबारको भेला निष्कर्षबिहिन टुंगिएको छ । सोमबार बसेको सर्वदलीय भेलामा एमाले अराजक शैलीमा प्रस्तुत हुँदै समिति विघटन गर्नैपर्ने हठ राखेको थियोे । एमाले नेताहरुले पटकपटक माइक खोस्ने, एकलौटी कुरा राख्ने, समिति विघटन गर्नैपर्ने, भिडलाई उत्तेजित गर्ने, हुलदंगा मच्याउने गरेपछी माहोलले उग्र रुप लिएकाले बाध्य भएर छलफल रोक्नु परेको खानेपानी संस्थानको भनाइ छ ।
घट्नाको स–बिस्तार
आयोजक भरौल खानेपानी संस्थान बराहक्षेत्र ३, ४ र ५ का राजनीतिक दलीय प्रतिनिधि एबम् जनप्रतिनिधि, संस्थानका ८२ टोलका अध्यक्ष र सचिवलाई निमन्त्रणा गरिएको संस्थानका सचिव जगत बहादुर कार्की बताउँछन् । यद्यपि भेलामा नेकपा एमाले र कांग्रेसका कार्यकर्ताको बाक्लै उपस्थिति देखिन्थ्यो । संस्थानको गत शनिवार सम्पन्न दोस्रो साधारणसभाले आर्थिक प्रतिवेदन पास एबम् समिति विघटनको सम्बन्धमा निर्णय गर्न नसकेपछि छलफल सोमबारलाई डाकिएको सचिव कार्कीले भनाइ छ ।
बराहक्षेत्र ५ स्थित सिमरबनमा सम्पन्न आजको भेलाको अध्यक्षता ग्रहण गर्दै संस्थानका अध्यक्ष पुस्प बहादुर बस्नेतले भने, ‘बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्र दाहालले अस्तीको साधारणसभाको राती (बन्द सत्रको राती झन्डै १० बजे) अराजक शैली देखाउनुभयो र, आफ्नो इच्छाबमोजिमको म्यान्युट लेखाउनुभयो ।’ उनकाअनुसार विभिन्न धाकधम्की बारम्बार आइरहने गरेको छ ।
त्यसलगत्तै उपभोक्ता टोल समितिका पदाधिकारीको राय सुनवाइ गर्न कार्यक्रम संचालक जगत बहादुर कार्कीले फ्लोर ओपनु भएको जनाए । यद्यपि आफ्नो चरित्र हत्या भएको भन्दै उनै वडाअध्यक्ष रुद्र दाहालले बोल्न समय मागे र भने, अध्यक्ष पुस्प बहादुर बस्नेतले भर्खरै लगाएको आरोप एकदमै मिथ्या छ, यसप्रति आपूत्ति प्रकट गर्दछु । तत्पश्चात् एकछिन अशान्त बनेको माहोल पुनः संचालक कार्कीले उपभोक्तालाई आफ्नो कुरा राख्न आग्रह गरेपछि छलफल सुरु भयो । नेकपा एमाले बराहक्षेत्र ३ कमिटी अध्यक्ष एबम् उपभोक्ता समिति अध्यक्ष मोहन सुबेदीले जुनै हालतमा यस् समिति विघटन गरेर जानुपर्ने बताए ।
एमाले निकट उपभोक्ता टोल समितिका प्रतिनिधिले बिधानअनुसार समिति अघि बढ्नुपर्ने अन्यथा समिति विघटन गर्नुपर्ने बताउँदै थिए भने अन्य दल निकट टोल समिति पदाधिकारीले यस समितिमा अपूरो स्थानमा पदपूर्ति गर्दै निरन्तरता दिन आग्रह गरेका थिए ।
यसैक्रममा नेपाली कांग्रेस बराहक्षेत्र ५ का सभापति एबम् उपभोक्ता टोल समिति अध्यक्ष दिल बहादुर पौडेलले फरक बिचार राखे । उनले भने, खाली रहेको स्थानहरुमा सबैलाई मिलाएर लैजान सकिन्छ तर समिति विघटन गर्ने, खानेपानीमा ताला लगाउने काम गर्नु बानक्ष्णिय हुँदैन । नेकपा एमालेले खानेपानीमा ताला लगाउने चेतावनी दिदै आएको कुरालाई उदृत गर्दै उनले चुनौती दिए, हिम्मत भए ताला लगाएर देखाउनुस् । त्यसपछि वडाअध्यक्ष रुद्र दाहालले माइक खोसे र जनतामाझ भ्रम पैदा गरेको बताए । त्यसपछि सभापति पौडेलमाथी केहि व्यक्तिहरुले हात हाल्ने प्रयास समेत गरेका थिए ।
कांग्रेसले नछोड्ने
नेपाली कांग्रेस बराहक्षेत्र ५ का सभापति समेत रहेका दिल बहादुर पौडेलमाथि एमाले नेताहरु जाइलागेको सन्दर्भमा आफूहरु कडा रूपमा प्रस्तुत हुने नगर सभापति रमेश कार्कीले बताए । सार्वजनिक स्थानमा, सार्वजनिक संस्थानको बारेमा बिचार राख्दै गर्दा कसैले हुलहुज्जतका साथ हातपात गर्न खोज्छ भने यसबारे कांग्रेस चुप लागेर बस्न सक्दैन्, कार्कीले भनें । यसको लागि कानूनी उपचार खोज्ने सभापति कार्कीको तयारी रहेको छ ।
एमालेको प्रतिनिधित्व शून्य
खानेपानीको स्थापना हुँदा ताका एमालेका साथीहरू पनि थिए, खानेपानी संस्थानका एक पदाधिकारीले भनेका छन्, ‘अहिले उहाँहरुले आफ्नो प्रतिनिधित्व नभएकाले बिना तुक समिति विघटन गरेर आफ्नो हालीमुहाली जमाउन चाहेको मात्र हो ।’नेपाल सरकार खानेपानी डिभिजनको सहयोगमा २०६५ सालमा स्थापना भएको भरौल खानेपानी संस्थान दलीय भागबन्डामा समिति चयन भएको थियो ।
जसअनुसार तत्कालीन नेकपा माओवादीबाट पुस्प बहादुर बस्नेत अध्यक्ष, नेपाली कांग्रेसबाट जगतबहादुर कार्की उपाध्यक्ष, नेकपा एमालेबाटद्वय कमला थापा सचिव र लक्ष्मण चौधरी कोषाध्यक्ष रहेका थिए । तर हाल कोषाध्यक्ष चौधरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् भने सचिव कमला थापा हाल जसपाकी नेत्री (संस्थानको सचिवमा नरहेकी) हुन् । त्यस्तै, एमालेको भागबन्डामा सदस्य बनेका पदम श्रेष्ठको भने निधन भइसकेको हुँदा खानेपानीमा एमालेको प्रतिनिधित्व शून्य देखिन्छ ।
यसैबीच खानेपानी कार्यसमितिले भने खाली रहेको स्थानमा एमालेको तर्फबाट प्रतिनिधित्व हुनेगरी मिलाएर अघि बढ्न आफूहरू तयार रहेको बताएको छ । तर एमालेको स्पष्ट बटम लाइन भने समिति विघटन रहेको बुझिन्छ । तत्कालीन ११ जनाको समितिमा केहि सदस्यहरुको देवहासन भएपछि समिति हाल ७ सदस्यीयमा घटेको छ ।
एमाले के चाहान्छ ?
बाह्र वर्षसम्म एउटै समिति रहेको, साधारणसभा गर्न नसकेको लगायतका आरोपहरु राख्दै नेकपा एमालेले यस समितिको विघटन गर्नुपर्ने बताउँदै आएको छ । नेकपा एमाले बराहक्षेत्र ५ का अध्यक्ष सुबास बस्नेत भन्छन्, यो निर्माण कमिटी पाँच वर्षको मात्र थियो । त्यसमाथि १२ वर्षसम्म्म हिसाबकिताब सार्वजनिक हुदैन् भने समितिको औचित्य रहदैन् । आफूहरूले आम उपभोक्ताको मर्म बोलेको बताउँदै बस्नेतले थपे, आजसम्म एउटै पदाधिकारी भए, निर्वाचनमा जानुको विकल्प छैन् । आजको छलफलपछि माहोल असामान्य भएको बताउँदै समितिले अर्को सूचना नआउन्जेल भेला स्थगित गरेको सचिव कार्कीले बताए ।