रामधुनीः स्थानीय तहको निर्वाचनको समय जति नजिकिँदैछ इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी थप विवादमा मुछिदै गएका छन् । ०७४ सालमा मेयर पदमा विजय भएको केही समयपछिबाटै बिभिन्न बिषयमा विवादमा पर्दै आएका उनि पछिल्लो समय आफ्नै पार्टीका जिल्ला अध्यक्षलाई सार्वजनिक स्थलमै गाली गलौचमा उत्रिएका छन् । शनिवार उनले सामाजिक संजालमा स्टास लेख्दै नेकपा (एमाले) सुनसरी जिल्ला अध्यक्ष रेवती रमण भण्डारीलाई लक्षित गरेर ‘जाली वकिल’को संज्ञा दिएका छन् ।

शनिबार उनले सामाजिक सञ्जाल (फेसबुक) मार्फत अध्यक्ष भण्डारीलाई जाली वकिलको संज्ञा दिएका हुन् । उनले समाजिक सञ्जालको अलबा वडामा भएका सार्वजनिक कार्यक्रममै पनि हिन्दी सायरी मिसाउँदै जिल्ला अध्यक्ष भण्डारीलाई गाली गरेका छन् ।

उनले लेखेका छन्, ‘जाली वकिल भण्डारी तिमीसँग सायद कलम मात्रै छ ! म तिमीलाई तलवार दिन्छु ! मेरो हात काट ! तिम्रो लागि मेरो खुट्टा काफी छ ।’अध्यक्ष भण्डारीसँग मेयर चौधरीको लामो समयदेखि आन्तरिक द्वन्द्व रहेको एमालेकै नेताहरु बताउँछन् ।

मेयर निर्वाचित भएपछि चौधरीले पत्रकारलाई लोपार्ने, नाँकको डाँडी भाँच्ने धम्कि दिने, ब्यक्तिगत रिसिबीलाई लिएर पार्टी नेताको घरमा डोजर लगाउँने धम्कि दिने, महिलाहरुमाथि सार्वजनिक रुपमा अपमानित शब्दहरु प्रयोग गर्ने लगायतका हर्कत गरेका कारण उनी पार्टी भित्र र बाहिर निकै अलोचनाको सिकार बन्ने गरेका छन् ।

स्थानीय तहको निर्वाचन नजिएपछि उनी पुनः मेयर दोहोरिने दाउमा छन् । उनले इटहरीमा विभिन्न बिकास निर्माणका कामहरुको उद्घाटन पनि धमाधम गरिहेका छन् ।

पछिल्लो समय उनले काठमान्डौ पुगेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्नेदेखि, पूर्व उपप्रधानमन्त्री इश्वर पोख्रेल र कुनै समय पूर्वका ‘हेवीवेट’ नेता भीम आचार्यलाई बिकास निर्माणका कामको उद्घाटन गर्न बोलाएर आफु पुनः मेयर दोहोरीने तयारीमा रहेको संकेत गरिसकेका छन् । तर एमालेको भर्खरै सम्पन्न जिल्ला अधिवशनबाट अध्यक्षमा निर्वाचित भएका रेवती भण्डारीसहितको टिमले मेयरमा चौधरीलाई रोक्ने बुझेपछि उनी भण्डारीविरुद्ध खनिएको सुनसरीका एक एमाले नेताले प्रदेश पोर्टलसँग बताएका छन् ।

  पुनः मेयर हुनका लागि मेयर आफैले सार्वजनिक रुपमा भ्रष्टाचारीको आरोप लगाउँदै घरमा डोजर लगाउँने धम्कि दिएका इटहरी खानेपानीका अध्यक्ष राम प्रसाद चौलागाईसँग पनि पछिल्लो समय नजिकिएका छन् । चौलागाँईको घर भने कार्यकाल सकिन लाग्दा पनि मेयर चौधरीले डोजर भने चलाएका छैनन् ।

miyera itahari

भ्रष्टाचार विरोधी मेयरका रुपमा आफुलाई भाईरल गराएका मेयर चौधरीका कृयाकलाप सार्वजनिक पद धारण गरेका ब्यक्तिका लागि अत्यन्तै अनैतिक र असोभनिए भएका कारण पार्टी भित्र र बाहिर उनलाई मेयर दोहोर्याउँन नहुँने मत बलियो छ ।

त्यसमाथि उनले एमालेको जिल्ला अध्यक्ष बन्नबाट रेवती भण्डारीलाई रोक्न अध्यक्षमा उम्मेदवारी दिएका थिए । तथापी उनी एक सय भोट समेत कटाउँन नसकेर आफैँ रोकिए । उनले १८ सय ५ मत खसेकोमा जम्मा ८० मत मात्र ल्याएका थिए ।

भण्डारी र उनको नेतृत्वको टिमले आगामी निर्वाचनमा आफुलाई मेयर हुनबाट रोक्ने बुझेपछि मेयर चौधरीले अध्यक्ष भण्डारीविरुद्ध स्टाटस लेखेर जाली वकिलको संज्ञा दिएको हुनसक्ने एमाले सुनसरीका एक जिम्मेवार नेता बताउँछन् स्रोतका अनुसार अध्यक्ष भण्डारी आफैँ इटहरीको मेयर लड्ने तयारीमा छन् ।

यदि भण्डारी नभएमा बर्तमान इटहरी उपमहानगर कमिटी अध्यक्ष यम सुब्बा, इटहरी खानेपानीका अध्यक्षसमेत रहेका नेता राम प्रसाद चौलागाई वा बर्तमान उपमेयर लक्ष्मी गौतमलाई इटहरीमा मेयरको रुपमा अगाडी सार्ने योजनामा सुनसरी एमाले छ ।अध्यक्ष भण्डारीकै कारण आफु राजनीतिमा पछाडी परेको र भावी मेयरमा पनि आफुलाई रोक्ने प्रयास भइरहेको बुझेपछि चौधरीले फेसबुकमा भण्डारीविरुद्ध आक्रोश पोखेको एमाले नेताहरु बताउँछन् ।

एमाले सुनसरीका उप सचिव तथा प्रचार विभाग प्रमुख राम कोईरालाले मेयर जत्तिको पदमा रहनु भएका मेयर चौधरीले चित्त नबुझे पार्टीको आन्तरिक छलफलमा स्पष्टसंग राख्न पाउने बताए । तर समाजिक सञ्जालमै त्यसरी जिल्ला अध्यक्ष भण्डारीलाई लक्षित गरि अनेकन संज्ञा दिनु सोभनीय नभएको बताए ।

सार्वजनिक पदमा बसेको व्यक्तिले जथाभावी बोल्न मिल्छ कि मिल्दैन ? व्यक्ति स्वयम्ले बुझ्नु पर्ने कुरा भएको एमाले सुनसरी अध्यक्ष भण्डारीले बताए । उनले भने –‘अरुका बारे जे पायो त्यही भन्नेलाई आम नगरवासीले कुन ढंगले बुझेका/हेरेका होलान् ? त्यो वहाँले राम्रोसंग बुझ्न पर्छ ।’