धरानः सुनसरीको धरान उपमहानगरपालिका १५ कृष्णपथमा करेन्टलागी १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् । आइतबार बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागी छतबाट भुइँमा लड्दा उनि गम्भिर घाइते भएका थिए ।

उनलाई तत्काल उद्धार गरि धरानकै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय धरानले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।