इटहरीः इटहरी उपमहानगरपालिकामा कर्मचारी भर्तीमा जनप्रतिनिधिले मनपरी गरेको सार्वजनिक भइरहँदा आँफैले गरेको प्रतिवद्धता समेत उपमहानगरपालिकाले भुलेको पाइएको छ ।
इटहरी उपमहानगरले सार्वजनिक गरेको नीति कार्यक्रम तथा बजेटमा नगरप्रहरी, सवारीचालक, सयश, कार्यलय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकिदार, माली बगैँचे, सरसफाई कर्मचारी सम्बन्धि पदमा प्रतिस्पधार्वको आधारमा मात्रै पदपुर्ती गरिनेछ भनेर स्पस्ट बोलेको उपमहानगरले कर्मचारी भर्तीका बखत भने उत्त प्रतिवद्धता भुलेको पाइएको हो ।
प्रदेशपोर्टललाई प्राप्त चालु आर्थिक बर्ष सहित तीन आर्थिक बर्षको रातो कितावमा हरेक बर्ष करारका कर्मचारी तथा कार्यलय सहयोगी लिँदा “प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्रै पदपुर्ती गरिनेछ” भनेर उल्लेख गरिएको भएपनि त्यसमा कसैको नजर गएको पाइदैन् ।
आफुसँग ठुलो संख्यामा रित्त दरबन्दीहुँदा पनि उपमहानगरपालिकाले पदपुर्तीका लागि विज्ञापन आव्हान नगरी आफु अनुकुलका नातागोता र भागबण्डाबाट कर्मचारी राख्नेगरेको छ ।उपमहानगरका जनप्रतिनिधिहरुले आफ्नो पदावधि सकिनैलाग्दा समेत नाता गोतालाई दैनिक ज्यालादारी तथा डोर हाजिरीका नाममा विना प्रतिस्पर्धा कामदार भर्ती गरेका हुन् ।
प्रदेश पोर्टललाई प्राप्त समाचार स्रोतका अनुसार इटहरी उपमहानगरमा पार्टीका नेताकी छोरी बुहारीलाई समेत दैनिक ज्यालादारीका नाममा पदाधिकारीको सिधा सिफारिसका आधारमा विभिन्न वडा कार्यालयहरुमा खटाइएको छ ।
स्रोतका अनुसार इटहरी उपमहानगरपालिकाका वडा नम्बर २ का अध्यक्ष हर्क बहादुर मगरकी छोरी सुष्मा मगरलाई वडा नम्बर ४ को कार्यालयमा कार्यलय सहयोगीको रुपमा राखिएको छ । उता मेयरले आफ्नी भान्जीलाई समेत वडा कार्यलयमा कार्यलय सहयोगीको रुपमा सिफारिस गरेको समाचार स्रोतले बताएको छ ।
अघिल्लो महिनामात्रै मेयर द्धारिकालाल चौधरीको एकल सिफारिसका भरमा उपमहानगरमा दर्जनभन्दा बढी कर्मचारी राखिएको स्रोतले दावी गरेको छ । मेयर चौधरीले चुनावको मुखमा आफन्त र आसेपासेलाई जागिर दिएर एकातिर लोकप्रियता कमाउन खोजेको र अर्कोतिर नियम विपरित कर्मचारी भर्ती गरेर उपमहानगरपालिकालाई अनावश्यक आर्थिक भार थोपरेका छन् ।
नगरप्रमुखले थप दैनिक ज्यालादारी कर्मचारी राख्ने सवालमा पदाधिकारीबिचमै पनि सल्लाह नगरी एकलौटी निर्णयका भरमा तोक आदेश दिएको समाचार स्रोतले दावी गरेको छ ।इटहरी उपमहानगरले नेकपा एमालेका स्वःनेता ओम कोइरालाकी बुहारी नाताकी नैना सापकोटालाई समेत नगरप्रमुखको तोक आदेशकै भरमा जागिर खुवाइएको बताईएको छ ।
उपमहानगरले अघिल्लो महिनामात्रै दर्जनभन्दा बढी कर्मचारी दैनिक ज्यालादारी तथा डोर हाजिरी भन्दै भर्ती गरेको स्वीकार गरेको छ । प्रदेश पोर्टलसँगको कुराकानीमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद सुवेदीले दमकलको सवारी चालक, केहि हल्का सवारी चालक र कार्यलय सहयोगिहरु रिक्त रहेकोले पदपुर्ती गरिएको बताएका थिए । उनले काम खोज्दै आउनेहरु आफु कहाँ नआई पदाधिकारीसँगै ठोक्किने भएकाले पदाधिकारीहरुकै सिफारिसमा दैनिक ज्यालादारीमा तलव पाउने गरी आफुले कामकाज गर्न सिफारिस गरेको बताए । तर मेयर चौधरीकै सिफारिसमा राखिएको भन्न भने सकेनन् ।
फेल भएका कर्मचारी जोगाउँदै उपमहानगर, खुलाउँदैन नयाँ विज्ञापन
इटहरी उपमहानगरपालिकाले आँफैले लिएको परिक्षामा असफल भएका कर्मचारीलाई राखेर नगर चलाइरहेको छ ।
उपमहानगरलाई सामान्य प्रशासन मन्त्रालयबाट २०७५ माघमा प्राप्त पत्र अनुसार दैनिक ज्यालादारी तथा डोर हाजिरिका कर्मचारी नराख्न आदेश भएको भएता पनि नगरपरिषद्को बैठकले तत्काल विज्ञापन गरेर नयाँ पदपुर्ती गर्ने शर्तमा राखेका कर्मचारीहरु अहिले पनि नगरप्रशासनमा काम गरिरहेका छन् ।
नगरपरिषद्ले तत्कालको लागि दैनिक ज्यालादारीमा काममा लगाउने र उनिहरुलाई तत्काल कामबाट हटाउँदा वडाहरको काम कारवाही प्रभावित हुने भन्दै निर्णय गरेर उनिहरुको जागिर जोगाएको थियो । तथापी पछि परिक्षामा बोलाइएका ७ जना कम्प्युटर अपरेटरहरुनै नगरपालिकाले लिएको परिक्षामा फेल भएका थिए तर पनि फेल भएका कर्मचारीलाई उपमहानगरले बिभिन्न बहानामा जोगाइरहेको पाईएको छ ।
उता फेल भएका मध्ये केहि कर्मचारी अर्को पदमा परिक्षा दिएर सफल बने तर केहि फेल भएका अझै पनि उपमहानरमै कार्यरत छन् ।कसैलाई तिनै कर्मचारीलाई जोगाउने गरी उमेर अर्को विज्ञापनमा प्रतिस्पर्धा गर्न उनिहरुलाई उमेरहद नलाग्ने त कुनैलाई यस्तै वाहाना बनाएर सँधैभरी टिकाइराख्ने खेलमा नगरपालिका लागेको बताइन्छ ।
फेल भएका कम्प्युटर अपरेटरको बारेमा जिज्ञासा राख्दा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सुर्य प्रसाद सुवेदीले नगरपरिषद्ले उनिहरुलाई पुनः म्याद थप्ने निर्णय गरेसँगै उनिहरु सुरक्षित भएको बताए । करारमा कर्मचारी भर्ना गरिएको छैन दैनिक ज्यालादारीमा अतिआवश्यक पदहरु राख्दा विज्ञापन गर्ने, छनौट गर्ने जस्ता प्रक्रियाले समय लिने भएकाले केही पदहरु दैनिक ज्यालादारीमा पदपुर्ती गरिएको सुवेदीले बताएका थिए । तथापी उपमहानगरपालिकालेले गणक, सुपरिवेक्षक जस्ता पदमा भने विज्ञापन गरेर परिक्षा लिइसकेको छ ।