धरानः संचार लगायत विभिन्न व्यवसायमा आवद्ध रहेकी धरान उपमहानगरपालिका वडा नम्बर १५ पुष्पलाल मार्गकी सुनिता केसी घरमै मृत अवस्थामा भेटिएकी छन् ।
केसीको मृत्युको कारण हालसम्म खुलि नसकेको प्रहरीले बताएको छ । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्य तथा पत्रकार महासंघको साधारण सदस्य समेत रहेकी केसी घरको पङ्खामा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उनि क्लिक धरान डटकमकी प्रर्बन्ध निर्देशक पनि हुन् ।
महिला सञ्जाल धरान नगरकी सदस्य, धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको कोषाध्यक्ष समेत रहेकी केसीको उनले आत्महत्या गर्नुको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक केसी धरानका समाजसेवी महेश्वर राईकी धर्मपत्नी हुन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको बताएको छ ।