इटहरीः नेकपा माओवादी केन्द्रको प्रदेश एक कमिटिले प्रदेश एकका विभिन्न जिल्लामा इन्चार्ज र सह–इन्चार्ज तोकेको छ ।
माओवादी केन्द्रको हालै बसेको प्रदेश एकको बैठकले सुनसरी जिल्लाका १२ वटै स्थानिय तहमा इन्चार्ज र सह–इन्चार्ज टुङ्गो लगाएको हो ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिकामा माओवादीले फाक्वाहाङ्ग मेन्याङ्गवोलाई इन्चार्ज तोकेको छ भने सह इन्चार्जमा दिल बहादुर रामदाम, सुदर्शन श्रेष्ठ र विजय लिम्बुलाई तोकिएको छ । यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिकामा माओवादिले मदन चुडाँललाई इन्चार्जको जिम्मेवारी दिएको छ । इटहरीको सह–इन्चार्जमा उमेश शाहलाई जिम्मेवारी दिएको छ ।
पार्टीको बराह नगरपालिकाको इन्चार्जमा पुष्प ढुगाँनालाई तोकिएको छ भने सह–इन्चार्जमा तुलसी पाण्डेलाई तोकिइएको छ । त्यसैगरी रामधुनी नगरपालिकामा दिनेश चौधरीले इन्चार्जको जिम्मेवारी पाएका छन् भने सह–इन्चार्जको जिम्मेवारी पर्वत आचार्य र शैलेन्द्र राजधामीलाई दिइएको छ।
उता सदरमुकाम इनरुवा नगरपालिकाको इन्चार्जमा ओके दाहाल चयन भएका छन् भने सह–इन्चार्जमा दुर्गेश चौधरीलाई तोकिएको छ । यसैगरी दुहवी नगरपालिकामा नेकपा माओवादीका अनुष्ठ दाहालले इन्चार्जको जिम्मेवारी पाएका छन् भने सह–इन्चार्जको जिम्मेवारी अर्थलाल चौधरी र जीवन थापाले पाएका छन् ।
भोक्राहा नर्सिङ्ग गाउँपालिमामा श्यामदेव यादवलाई इन्चार्ज तोकिएको छ भने सह–इन्चार्ज अहिले सम्म टुगो लगाईएको छैन । माओवादीको कोशि गाउँपालिका इन्चार्जको जिम्मेवारमिा मन्टु यादवलाई राखिएको छ भने सह–इन्चार्जमा पन्चनारायण मण्डललाई राखिएको छ ।
यसैगरी नेकपा माओवादिले सुनसरीको हरिनगरा गाउँपालिकामा भगवती महतोलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने गढि गाउँपालिकामा खगेन्द्र चौधरीले इन्चार्जको जिम्मेवारी पाएका छन् । उता बर्जु गाउँपालिकामा देवी रिजाललाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।
सुनसरीको १२ गाउँपालिकामध्ये ४ वटा गाउँपालिकामा सह–इन्चार्जको भुमिका कसैलाई दिइएको छैन् । पार्टीले देवानगन्ज गाउँपालिकामा बेचन खत्वलाई इन्चार्जको जिम्मेवारी दिएको छ भने श्याम नारायण शाहलाई सह–इन्चार्ज तोकिएको छ ।